२१ भदौ, धादिङ – हत्या अभियोगमा उत्तरी धादिङको सेर्तुङ गाँउ विकास समितिका सन्तोष तामाङ पक्राउ परेका छन् ।
सेतुङ गाँउ विकास समितिको वडा नं ८ का २५ वर्षीय पलबहादुर तामाङको हत्यामा संलग्न सन्तोषलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । गत असार ४ गते सेर्तुङमा उनीहरुबीच बीच झगडा भएको थियो ।
झगडा भएपछि सन्तोषले पलबहादुरको हत्या गरेका थिए । हत्या पछि फरार रहेका सन्तोषलाई ललितपुरको नखु भन्ने ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियारले जानकारी दिए ।