Fri. Dec 1st, 2023

माओवादी नेताका छोरा पक्राउ

गोलबजार (सिरहा), कात्तिक १५ – प्रहरीको सर्वाधिक खोजीमा रहेका नेकपा(माओवादी)मातृका समूहका सिरहा क्षेत्र नं ५ का इन्चार्ज गणपैत यादवका छोरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा अयोध्यानगर- ९ का मनोज छन्। इलाका प्रहरी कार्यालय गोलबजारको टोलीले विशेष सुराकीका आधारमा मनोजलाई आफ्नै घरबाट आज बिहान ८ बजे पक्राउ गरेको हो।

सिरहाका प्रहरी प्रमुख विक्रम गुरुङका अनुसार मनोजलाई विसं २०६८ भदौ ३ गते तेनुवापट्टिका विद्यार्थी सन्दीप यादवलाई अपहरण गरेको आरोप छ। गुरुङले भने- “सन्दीपलाई मात्र होइन, करिब १२ व्यक्तिलाई मनोजले अपहरण गरेकाले उनको खोजी भइरहेको थियो।” अपहृत सन्दीपका परिवारजनसँग मनोज र सिरहा लटाटोल घर भई भारतमा बसेर आपराधिक कार्यमा संलग्न रामकुमार मिलेर रु साढे चारलाख फिरौतीसमेत असुलेको प्रहरीको दाबी छ।

घरबाट लहान आउने क्रममा सन्दीपको अपहरण भएको थियो। अपहरणको घटना १४ महिना बितिसके पनि सन्दीपको अतोपत्तो छैन। प्रहरीले अहिले पनि खोजी जारी राखेको छ। फिरौती लिएर पनि अपहृत सन्दीप अपहरणमुक्त नभएपछि हत्या भएको प्रहरीको शङ्का छ। -रासस

About The Author

Loading...

अन्य समाचारहरु: