२१ साउन, धादिङ – नेकपा एमालेका नेता लालबाबु पण्डितले संविधान कार्यान्वयन गर्दै जाँदा आवश्यक परेमात्रै संशोधन गर्ने स्पष्ट पारेका छन् ।
पण्डितले भने, ‘संविधान ढुँगाको शिलालेखजस्तो होईन, तर संवैधानिक व्यवस्था अनुसार नै संशोधन हुन्छ, गैरसंवैधानिक बाटोबाट संविधान संशोधन हुन सक्दैन ।’
रिर्पोटर क्लब नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले विगतमा संविधानसभाको चुनाव हुन दिन्नौं भन्नेहरुपनि प्रशस्तै रहेको तर अहिले आएर तिनीहरु हराएको उल्लेख गर्दै भने, ‘अहिले आएर संविधान समाप्त गर्छु भन्नेहरुपनि ठाउँठाउँमा छन्, यो संविधानले देशलाई विभाजित गर्ने होईन, एकिकृत गर्ने हो ।’
कतिपय मित्रहरुले मधेशलाई अलग राष्ट्र बनाई छोड्ने कुरा गरेको उल्लेख गर्दै पण्डितले भने,‘अलग राष्ट्र बनाउँछु भन्नेहरु अहिले संविधान संशोधनको कुरा गर्दै छन् ।’ संविधान जारी गर्ने नेताहरुले खुट्टा कमाउने र नाँगै हिड्न थाले भोलि के हुन्छ भन्दै उनले प्रश्न गरे ।