२२ भदौ, धादिङ – विश्व कप २०१८ को छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा उरुग्वे विजयी भएको छ ।
घरेलु मैदानमा भएको खेलमा उरुग्वेले पाराग्वेलाई ४–० ले हरायो । उरुग्वेको जितमा एडिसन काभानीले दुई तथा क्रिष्टिएन रोड्रिग्वेज र लुइस स्वारेजले एक एक गोल गरे । १८ औंं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई सुरुवाति अग्रता दिलाए ।
४२ औं मिनेटमा रोड्रिग्वेजले गोल गरेपछि अग्रता दोब्बर भयो । पहिलो हाफको अन्तिममा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै स्वारेजले गोल गरे । पहिलो हाफमा ३–० ले अघि रहेको उरुग्वेका लागि ५४ औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गर्दै ४–० को शानदार जित दिलाए ।