Sat. May 24th, 2025

अब युट्युबबाट संसद बैठक ‘लाइभ’

२२ भदौँ काठकाण्डौ– व्यवस्थापिका संसदका हरेक बैठक अब युट्युबबाटै प्रत्यक्ष प्रसारण गर्ने गरी संसद सचिवालयले गृहकार्य अघि बढाएको छ ।

‘पार्लियामेन्ट अफ नेपाल लाइभ’ मा डाउनलोड गरेपछि नेपालको संसदको प्रत्यक्ष प्रसारण हेर्न पाइने गरी संसद सचिवलायले गृहकार्य अघि बढाएको हो । यद्यपि, यसबारे अन्तिम निर्णय हुन भने बाँकी रहेको छ ।

सभामुख ओनसरी घर्ती मगर, व्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराई, संसद सचिव हिलाल सुबेदी रु सोमबहादुर थापाको संयुक्त छलफलपछि बैठकको युट्युवमा लाइभ गर्ने निष्कर्ष निकालिएको स्रोतले बतायो ।

व्यवस्थापिका संसदका हरेक बैठकको प्रतयक्ष प्रसारण युट्युवबाट गए मोफसलमा रहेका सञ्चारमाध्यमसमेत लाभाविन्वत हुने भएका छन । राजधानी दैनिकबाट ।

About The Author

अन्य समाचारहरु: