Fri. Mar 29th, 2024

‘मलाई प्रधानमन्त्री बन्न हतार छैन’

KP_Oli._142974660

काठमाडौं

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्न हतार नभएको बताएका छन् ।

‘मलाई संविधान ल्याउन हतार छ । प्रधानमन्त्री बन्न हतार छैन’, पार्टी कार्यलय बल्खुमा शनिबार आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘मेरो ध्यान संविधानतिर हो, कुर्सीमा हैन । पदमा लोभ गरेको भए अरु कुरामा अडान राख्नुपर्ने थिएन ।’

माघ ८ मा संविधान ल्याएर ओली प्रधानमन्त्री बन्न खोजेको आरोप लागेको प्रसंगतर्फ संकेत गर्दै ओलीले यस्तो कुरा बताएका हुन् । ‘उनीहरुले एक वर्षअघि लेखेको घोषणापत्रमा माघ ८ मा संविधान ल्याउने कुरा केपीले लेखिदिएको हो र रु’ ओलीले भने ।
सरकार परिवर्तको कुरा अहिले नउठेको बताउँदै ओलीले पार्टीमा सरकार परिवर्तनको कुरा नउठेको दाबी गरे । ‘माघ ९ मा के हुन्छ भन्नेतर्फ मैले सोचेको छैन’, ओलीले भने, ‘सरकार परिवर्तनको कुरा कांग्रेसतिर उठेको भए थाहा भएन ।’

संविधानसभामा मार्शल लगाएर संविधान पारित गर्ने कुरालाई ‘गोयबल्स शैलीमा’ प्रचार गरिएको बताउँदै ओलीले संविधान जारी गर्ने ठाउँमा मारकाट गर्ने नभएकाले मार्शल लगाउन आवश्यक नभएको उल्लेख गरे ।

‘संविधान मारकाट गर्ने ठाउँ होइन । किन मार्सल लगाउनुप¥यो’, ओलीले भने, ‘हाम्रा साथीहरुलाई हामी नै ठन्डा पार्न सक्षम छौं ।’

सहमतिका नाममा आलुप्याज किनेजस्तो लचकता अपनाउन नसकिने ओलीको भनाइ थियो । ‘सहमतिमा लचकता भनेको आलुप्याज किनेजस्तो दलाली गर्ने होइन’, ओलीले भने, ‘यो त देश र जनताको पक्षमामात्रै लचकता हुने हो । देश र जनता छोडेर अरु विषयमा गिभ एन्ड टेक हुनै सक्दैन ।’

एमाओवादीसहितका ३० दलीय मोर्चाले सहमतिबाटै संविधान जारी गर्ने अडानबारे बोल्दै ओलीले सहमति भए पनि संविधान प्रक्रियाबाटै जारी हुने उल्लेख गरे । ‘सहमतिबाटै संविधान बनाएपनि प्रक्रियाबाटै जारी हुने हो’, ओलीले भने, ‘दुईतिहाईबाट भएपनि प्रक्रियाबाटै संविधान जारी हुने हो ।’

पहिलो संविधानसभामा माओवादी पनि संख्यामा आधारमा ठूलो पार्टी भएको तर्क गर्दै ओलीले दुई तिहाई बहुमत पनि प्रक्रियाका कुरा भएको उल्लेख गरे । ‘नेपालको संविधानमा दुई तिहाई बहुमतले संविधान जारी गर्ने ब्यवस्था छ’, ओलीले भने, ‘संविधान बाहिरबाट नयाँ संविधान जारी गर्ने भनेको भए पो बलजफ्ती हुन्छ ।’

लोकतन्त्रमा विधि र प्रक्रियाका कुरा हुने उल्लेख गर्दै ओलीले हुकुमी शासनमा मात्रै आफ्ना कुरा लादिने जिकिर गरे । ‘दुई तिहाई भन्नेवित्तिकै एमाओवादीको सातो किन जान थालेको हो रु’, ओलीले भने, ‘संविधानमै व्यवस्था भएको विधि र प्रक्रियामा जान खोज्दा डराउनुको तुक छैन ।’

सन्केर हिँड्ने मधेसी नेतासँग किन माफी माग्नुँ  मधेसी नेता र जनताको अपमान गरेको भन्दै मधेसवादी नेताहरुले आफूलाई माफी माग्न भनेको प्रति कटाक्ष गर्दै ओली सन्केर हिँड्नेसँग माफी माग्नुको कुनै कारण नभएको जिकिर गरे ।

आफू बोल्दाबोल्दै बैठकबाट बाहिरएर मधेसवादी नेताहरुले जथाभावी बोलेर आफेना अपमान गरेको ओलीको दाबी थियो ।

‘एकपटक एउटा सन्केर हिँड्छ, अर्कोपटक अर्को सन्केर हिँड्छ । उनीहरुले मसँग माफी मानुपर्ने हो तर मैले शर्त राखेको छैन’, ओलीले भने, ‘अझै पनि म छलफलमा बस्न आग्रह गर्छु । मैले माफी माग्नुपर्ने कुनै काम गरेको छैन ।’
(अन्न्पूर्ण अनलाइनबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: