Mon. Sep 16th, 2024

दृष्टीविहीनहरुका लागि अपाङमैत्री नमुना छात्रावास सञ्चालन

1

धादिङ
दृष्टीविहीनहरुका लागि अपाङमैत्री नमुना छात्रावास एवम् कक्षाकोठा भवनको निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

धादिङको महादेवबेसीमा सोमबार एक कार्यक्रमको आयोजना गरी महिला बालवालिका तथा समाज कल्याणका मन्त्री निलम केसी र फिनल्याण्ड सरकारका प्रतिनिधि जुक्का इलोमकीले संयुक्त रुपमा छात्रावासको उद्घाटन गर्नु भएको थियो ।

धादिङको महादेवबेसीस्थित जनजागृती उच्च माध्यमिक विद्यालय परिसरमा निर्माण गरिएको भवन कुल १ करोड ६६ लाखको लागतमा निर्माण गरिएको हो । छात्रावासमा ४० जनाको क्षमता रहेको छ । अहिले १४ जना छात्रा र १८ जना छात्र गरी ३२ जना दृष्ट्रिविहिन विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालय प्रशासनले जानकारी दिएको छ ।

फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको नमुना छात्रावास निर्माण भइसकेपछि आफूहरुलाई खुसी तुल्याएको विद्यार्थीहरुको भनाई छ । अरु विद्यार्थीहरु घुलमिल हुन गाह्रो भइरहेको अवस्थामा आफूहरुलाई छुट्टै कक्षाको निर्माण गरिदिदाँ केही राहत मिलेको उनीहरुको भनाई छ ।

वि.स. २०६६ साल कार्तिक महिना देखि जिल्ला शिक्षा कार्यालयबाट अनुमति प्राप्त गरी कक्षा सञ्चालनमा रहेको थियो । जनजागृती उच्च माविले दृष्टिविहीन भएका विद्यार्थीहरुलाई लक्षित गर्दै पढाई सञ्चालन गर्दै आईरहेको विद्यालयका प्रधानाध्यापक सरोज कार्कीले जानकारी दिनुभयो ।

फिनल्याण्ड सरकारको सहयोगमा फेल्म नेपाल मार्फत परिलक्षित काठमाण्डौले चन्न्द्रज्योति एकिकृत ग्रामीण विकास समाज र विद्यालयसंगको समन्वयमा १ करोड ६६ लाखको लागतमा छात्रावास सहितको श्रोतकक्षा, पुस्तकालय, कम्प्यूटर सहित सम्पूर्ण व्यवस्थापन सहित २०७० असार देखी भवन निर्माण गर्न सुरु गरेको थियो ।

नमुना श्रोत छात्रावास तथा कक्षाकोठा भवनको निर्माणका लागि फरवार्ड लुकिङ (परिलक्षित ) संस्था मार्फत अन्र्तराष्ट्रिय गैह्र सरकारी सस्था ङ्खलेम ले फिनल्याण्ड सरकारसंग समन्वय गरि आर्थिक सहयोग जुटाएको थियो ।

About The Author

अन्य समाचारहरु: