२९ पुस धादिङ
साना किसान कृषि सहकारी संघ लिमिटेडको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
नेपाल कृषि सहकारी केन्द्रिय संघ लिं का अध्यक्ष एवम् साना किसान बैकका अध्यक्ष खेम पाठकले मंगलबार कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
संघको आर्थिक वर्ष ०७०/०७१ को कुल आम्दानी २१ लाख ३९ हजार ७ सय १८ रुपैया कुल खर्च ११ लाख ६५ हजार ४ रुपैया र शुद्ध नाफा ९ लाख ७४ हजार ७ सय १४ रुपैया रहेको संस्थाका लेखा संयोजक डिल्लीप्रसाद पाठकले जानकारी दिनुभयो ।
किसानलाई लक्षीत गरी स्थापना गरिएको संघमा हालसम्म ३९ वटा साना किसान कृषि सहकारी संस्थाहरु सदस्य रहेका छन् । भने समान प्रकृतिका कृषि सहकारी संस्थाहरु १२ वटा गरी हाल ५१ वटा सहकारी संस्थाहरु सदस्य रहेको छ । जस अन्र्तगत ३९ वटा साना किसान कृषि सहकारी संस्थाहरुमा ४६५० समूह संख्यामा २९ हजार भन्दा माथि शेयर सदस्यहरु रहेका छन् ।
आबद्ध सहकारी मध्ये ८ वटा संस्थाले ५ करोडब ढी कारोबार गरेका छन् भने २० वटा संस्थाले १ करोडदेखि ५ करोडसम्म आर्थिक कारोबार गरिरहेका छन् । ती सहकारीहरुको शेयर रकम १२ करोड ३० लाख ६८ हजार र आन्तरिक पुजीँ स्रोतको रुपमा ५८ करोड ४६ लाख ९८ हजार भन्दा माथि रहेको कार्यक्रममा जानकारी गराइएको छ ।
कार्यक्रममा अन्र्तराष्ट्रिय पारिवारीक वर्ष २०१४ को बृहत कार्यक्रममा उत्कृष्ट सहभागीता जनाए बापत प्रथम, द्धितीय र तृतीय हुने सहकारीहरुलाई पुरस्कृत गरिएको छ । जसमा साना किसान कृषि सहकारी संघ लिं सलाङ प्रथम, साना किसान कृषि सहकारी संघ लि कुम्पुर र साना किसान कृषि सहकारी संघ लि केवलपुर द्धितीय र साना किसान कृषि सहकारी संघ लि मुरलीभन्ज्याङ तृतीय भएको छ । त्यस्तै उत्कृष्ट सहभागीता जनाउने २७ सहकारी संघहरुलाई पनि प्रमाणपत्र दिएर सम्मान गरिएको छ ।
त्यसैगरी कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै प्रशंसा स्वरुप संस्थाका ५ जना कर्मचारीहरुलाई पनि प्रशंसा पत्रद्धारा सम्मान गरिएको छ । सम्मान पाउनेहरुमा श्याम बजगाई, कमला हुमगाई, सुमित्रा श्रेष्ठ, सीतादेवी खनाल र डिल प्रसाद सिंम्खडा रहनु भएको संस्थाका अध्यक्ष शिव बहादुर भण्डारीले जानकारी दिनुभयो ।
डिभिजन सहकारी कार्यलयको तथ्याङक अनुसार धादिङमा हालसमम्म कृषि सहकारी २११ वटा, बहुउद्देश्य सहकारी संस्थाहरु ३९ वटा, बचत तथा ऋण सहकारी ८८ वटा, फलफूल तथा तरकारी १९ वटा, दुग्ध उत्पादक १८ वटा, विद्युत ६ वटा, चिया कफी १ वटा, स्वास्थ्य २ वटा, यातयात १ वटा, संचार ५ वटा, विद्यालय सहकारी १ वटा, उपभोक्ता १ वटा, जडिबुटी ५ वटा, सामाजिक उद्यमी ३ वटा र च्याउ १ वटा गरी जम्मा ४०१ र ६ वटा विषयगत संघहरु तथा धादिङ जिल्ला सहकारी संघ १ वटा गरी जम्मा ४ सय ८ वटा सहकारी संघहरु स्थापना भएका छन् ।