Tue. May 21st, 2024

जनजाति महासंघका अध्यक्ष कुमाल सभासद् मनोनीत

nagandra

काठमाडौं  नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमाल सभासद् मनोनीत भएका छन् ।

मन्त्रिपरिषदले गर्ने २६ जनाको मनोनयन सूचीमा कुमाल मनोनीत भएका हुन् । संसद् सचिवालयका अनुसार उनको सपथ मंगलबार नै गर्ने कार्यक्रम छ ।

राजधानी बाहिरबाट आफू भर्खरै आइपुगेको बताउँदै कुमालले आश्चार्यजनक खबर पाएको बताउनुभयो । मैले पनि भर्खर थाहा पाएँ, उहाँले भन्नुभयो, खै कसरी सभासद् भएँ म पनि बुझ्दैछु । उहाँ इलाम निवासी हुन् ।

कांग्रेस निकट कुमाल एमालेसमेतको सहयोगमा आदिवासी जनजाति महासंघको अध्यक्ष निर्वाचित भएका थिए । एमाले निकट महासंघका महासचिव पेम्बा भोटे यसअघि नै सभासद् भइसकेका छन् ।

एमालेबाट लालबाबु यादव मनोनित

सरकारले प्रध्यापक लालबाबु यादवलाई पनि सभासद मनोनित गरेको छ । यादव एमालेको सिफारिसमा सभासद बनेका छन् । आज कुमाल र यादव मनोनित भएपछि अब सरकारले मनोनित गर्ने २६ मध्ये २ बाँकी रहेको छ । साना दलले सिफारिस गर्न ढिला गरेपछि सत्तारुढ कांग्रेसरएमालेले आफ्नै तर्फबाट सभासद सिफारिस गरेका छन् ।

(इकान्तिपुर अनलाइनबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: