Fri. Dec 1st, 2023

अख्तियारका अधिकृतले नै खाए २ लाख घुस, अख्तियारले नै पक्रियो

 

aakhtihar

हरिशरण न्यौपाने, काठमाडौं

२९ पुस

घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै दुई अधिकारी पक्राउ परेका छन् ।

भ्रष्टाचार मुद्दा मिलाइदिने भन्दै दुई लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारको क्षेत्रीय कार्यालय पोखराका शाखा अधिकृत विनोद अमात्य र लेखा अधिकृत तोयानाथ शर्मा पक्राउ परेका हुन् ।

अख्तियारकै अनुसन्धान अधिकृत भएर उनीहरुले जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. नारायण ओझासँग २ लाख रुपैयाँ घुस लिएको उजुरी छानबिनका क्रममा संकलिन प्रमाणबाट खुल्न आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

‘आयोगको जिम्मेवार अनुसन्धान अधिकृतको पदिय हैसियतमा रही आयोगको उद्देश्य प्राप्तिका लागि मन, वचन र कर्मले समर्पित हुनुपर्नेमा सदाचारको खोल ओढी भ्रष्टाचारविरुद्धको गरिमामय अभियानमा धब्बा लगाउने निकृष्ट एवं निन्दनिय कार्य गरेको पाइएकोले निजहरूलाई आजैका मितिबाट नियन्त्रणमा लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको अख्तियारद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

About The Author

Loading...

अन्य समाचारहरु: