Wed. Jan 22nd, 2025

फेसबुकमा भेटिएकी उनी

sundar

सुन्दर खड्का

‘तिम्रा त हजार होलान्, तर मेरो एउटा तिमी’ हो, उसको लागि अन्तिम स्टाटस फेसबुकमा यही अपडेट गरेको थिएँ। यसमा धेरै कमेन्ट र लाइक आउँदा समेत, उसकै कुनै उपस्थिति थिएन। फेसबुक, सामाजिक सञ्जाल, जनसङ्ख्याको आधारमा विभाजन गर्‍यो भने त, संसारको तेस्रो ठूलो मुलुक बन्छ रे।

यही फेसबुकले कैयौंका सम्बन्धहरु जोड्यो, घरबार बनायो तर कैयौंको सम्बन्धहरु पनि छुटाउन पछि परेन। सबैचिजको लिमिट हुन्छ, लिमिट क्रस गरेपछि छ सबैचिज नशामा परिणत हुन्छ। शुरुशुरुमा त फेसबुक एकछिन खोल्यो, अपडेट हेर्‍यो, पुग्थ्यो। तर, आजभोलि फेसबुकले नै प्रयोग गरे जस्तो लाग्छ। फुर्सद भयो की क्लास होस् वा लाइब्रेरी, फेसबुक खोल्यो, अनलाईन हेर्‍यो, भेट्यो हाई भन्यो। सोच्दै थिएँ फेसबुकले साह्रै नै समय वर्वाद गर्‍यो, अब कम चलाउँछु। सकभर एकाउण्ट नै डिएक्टिभेट गरिदिन्छु।

एक्कासी एकजना केटी साथीको ‘फ्रेण्ड रिक्वेष्ट’ आयो। आजकालका केटीहरु साह्रै बाठा पहिलो कुरा फेसबुकमै भुलाउन खोज्छन्, उनीहरुको फोन नम्बर पाउनु कहिले कहिले, अझ उनीहरुसँग डेट जानु त महिनौंको कुरा। धेरै नसोची ‘नट नाव’ गरिदिए। फेरि अर्कोदिन म्यासेज आयो, उसैको थियो। लेखिएको थियो – मैले तपाईको समाचारपत्रमा लेख पढेकी थिए, राम्रो लाग्यो, अनि ‘फ्रेण्ड रिक्वेष्ट’ पठाएको, के म तपाईको साथी बन्न सक्छुरु सोचे ह्या कति भाउ खोज्नु, यो अरुभन्दा फरक केटी पनि हुनसक्छे, त्यसपछि तुरुन्तै उसको फ्रेण्ड रिक्वेष्ट एसेप्ट गरे। अनलाईन भेटिई हालि। ऊ आफैंले शुरु गरी – थ्यांक् यु। सञ्चै आरामै हुनुहुन्छरु मैले पनि उसको प्रतिउत्तर दिए। अँ आरामै छु।

एकदिन उसले लामै म्यासेज लेखि र अन्त्यमा सोधेकी थिइ, ुतपाईका फेसबुकमा भएका स्टाटस त बबाल छन्, के ती वास्तविक जीवनका कहानी हुन् तरुु हुन त केटीहरु यस्तै हुन्, फ्र्लट गर्न माहिर हुन्छन् । खासै वास्ता गरिन तर उसको म्यासेजहरु प्रत्येक दिन आइनै रहे। मन त हो, कति दिन कण्ट्रोल गर्न सकिन्छ र। मैले पनि उसको म्यासेजको रिप्लाई गर्न थाले। हुँदाहुँदै, उसको म्यासेज नआउँदा त म आफूलाई एक्लो फिल गर्ने पो भईसकेछु।

अब त म उसको प्रोफाइल, डिटेल्स, स्टाटस सबै खोजी खोजी पढ्न थाले। उसले पब्लिक गरेको एउटा मात्र प्रोफाइल पिक्चर छ, त्यही पिक्चर पनि घरिघरि हेर्न मन लागिरहन्छ मलाई। म त्यही पिक्चर हेर्दैमा फिदा हुन्छु। कलेज युनिफर्मको सेतो सर्ट, निलो टाई र कालो स्कर्टको सेल्फी पिक्चरमा सजिएकी छे। थाहा छैन, उ कस्ती छेरु तर, उसका शब्दहरुले म्यागनेटिक फोर्सले जसरी मलाई उसको प्रेममा आकर्षित गरिरहेका छन् र शब्दहरु नै काफि भए, उसको प्रेममा फिदा हुन।

एक–दुई पटक उसँग फोन नम्बर र भेट्ने प्रस्ताव नगरेको पनि होइन तर उसले सधैं ठाडै अस्वीकार गरिदिई। यसरी उसले बारम्बार अस्वीकार गर्दै गएपछि, मैले आफ्नो निर्णय सुनाउने कोशिश गरे र भने तिमीसँग फेसबुकमा भेटिएको पनि ५–६ महिना भयो। अब तिमीलाई नै भेटेर, मनका सबै कुरा भन्न चाहन्छु। सधै फेसबुकमा सिमित हुन पनि सकिदैंन र तिमी मात्र एउटा केटी हौं जोसँग मेरा सबै कुरा शेयर हुन्छ साथै प्रत्येक दिनपनि। थाहा छैन, म कसरी तिमीमा डिपेन्ड हुँदै छु। त्यसैले म तिमीसँग भेट्न चाहन्छु।

त्यसपछि उसले फोन नम्बर मागी र फोन गरी। बोली ‘ल भन्नु किन, भेट्नु पर्‍योरु’ म बोले – “सबै त थाहा छ, तिमीलाई, अब आधिकारीक रुपमा प्रस्तुत हुन।” ऊ मस्तले हाँसी र भनी के त्यसो भए प्रप्रोज गर्नेरु मैले भने त्यो पनि सोध्ने कुरा हो। त्यसपछि उसले समय मिलाएर खबर गर्ने बताई, मैले पनि भन्दिए समय मात्र होइन मन पनि मिलाएर खबर गर्नु।

थाहा छैन, फेसबुकमा भेटिएकी ऊ, जसलाई राम्रोसँग देख्या छैन, भेट्या छैन, तर उसका शब्दहरुले प्रमाणित गरिसकेकी, म उसको प्रेममा फिदा छु भन्ने कुरा त। संसार जित्ने आँट गर्छु तर उसको अगाडि हार महशुस गर्छु। हजारौं पिडाहरु उसको सानो वचनले निको पार्छ। जिन्दगीको यात्रामा खै कहाँ कहाँबाट कसरी मानिसलाई एक–अर्को बीच नजिक बनाउँदो रहेछ, यो समयले। एकदिन बिहानै उसको फोन आयो र न्यूरोड जुबेनाइल क्याफेमा भेट्ने निर्णय भयो।

पहिलेदेखिको सोच अनुसार मैले उसलाई प्रेमप्रस्ताव राख्ने योजना बनाए। तर, भित्रभित्रै डरपनि लागिरह्रयो कतै अस्वीकार गरी भने त। हुन त उसको र म बीच यथार्थ पनि फरक छ। उसको घरमा ड्याडमम्मी र उ, दिदी चाँहि म्यारिड। बेलाबेला ऊ जिस्किदै भन्थि, अब मेरो पालो। उसको बुबा युके। आर्मीमा, उनीहरुको बसाई लण्डनमा पनि। त्यसैले गर्दा, उसले यु।के। बोर्डको ए।सि।सि।ए पढेको बताउँथी।

निर्धारित समयभन्दा केही ढिला गरी आईपुगी, त्यही क्याफेमा । केहिछिनको समयपछि मैले उसलाई प्रप्रोज गरेँ। तर, सायद उसलाई कुनै नौलो लागेन, सहजै स्वीकार गरी। प्रेम भन्ने चिज यस्तै, लाग्यो संसार जिते। उसको एउटै म्यासेजले मलाई कति आनन्द दिन्छ। कति जोसजाँगर चल्छ, रातभरी पढ्न उर्जा मिल्छ, मेरो सबैदिन खुसीले बित्छ।

यसरी उसको र मेरो सम्बन्धले पनि करिव दुई वर्ष पार गरिसकेछ। ऊसँग बिताएका विभिन्न ठाउँहरु जस्तै गोदावरी, ब्हाइट गुम्बा, गार्डेन अफ ड्रिम, सुन्दरीजल आदिका आ–आफ्नै कहानी छन्। उसको काखमा मेरो सम्पूर्ण तनमन बिसाउन पाउँदा म आफूलाई त के, संसार बिर्सिदिन्थेँ। जब उसको कोमल ओठलाई चुम्दै, मेरा हातहरु उसका जवानीका संकेत प्रदर्शन गर्ने अङ्गहरुमा पुग्थे, म एकोहोरो लठ्ठ पर्थे। सायद उ पनि, लाग्थ्यो कि स्वर्ग यही छ। भर्जिनिटीको कुरा गर्दा समेत बिच्किने उसलाई जब मैले फिजिकल रिलेसनसिपको प्रस्ताव गरेँ, ऊ त ब्रेकअप गर्न समेत तयार भई तर अन्त्यमा, ऊ आफैं स्विकारी अर्थात् राजी भई।

त्यसपछि हाम्रो सम्बन्धले झन गाढा रुप लिँदै अगाडि बढ्दै थियो। एकदिन ऊ अत्यन्तै चिन्तित भएर फोन गरी र भेट्न आग्रह गरी। म अचम्ममा परेँ, उ भन्दै गई – अब बाबाको पेन्शनको कागज पत्र बनाउन लण्डन जानुपर्ने भयो रे, सँगै जाउँ छोरी भन्दै हुनुहुन्छ। साथै हिजोसाँझ अङ्कल एकजना केटा लिएर आउनु भयो। त्यो केटा यु।के। आर्मी रे, पहिलो छुटी आएको। बाबासँग मेरो बिहेको कुरा गर्दै थिए। मैले बीचैमा रोकेर, हतारमै सोधेछु, अनि तिमीले के भन्यौं तरु उ बोली – मैले त हुन्न भन्दिए, अझै २–३ वर्ष गर्दिन भनेँ। मन हल्का भयो।

उसको भेटको कुरा अनुसार, उ अर्को हप्ता लण्डन जानुपर्ने भयो। उसको सीए पढाई भर्खर सिद्धिएको थियो। बाबाले लण्डनमा जब गर्दै बस् छोरी भन्नु हुन्छ, तर मलाई मन छैन भन्दिए भन्थि। उसले जानेबेला तपाई विना धेरै दिन लण्डन बस्न सकुँला जस्तो त छैन। तर, बाबाको अगाडि पनि कसरी नाई भन्नु। बाबाको पनि मन राखिदिन्छु, म छिट्टै २–३ महिनामै फर्किहाल्छु। हजारौं समस्याको समाधान उसको उपस्थितिले र सानो वचनले समाधान गरिदिन्थे तर अब ऊ नै लण्डन जाँदै छे।

अब ऊ लण्डन उड्न बाँकी २ दिन मात्र, भोलि त हाम्रो अन्तिम भेट, पर्सि त बिहानैको फ्लाईट। अर्कोदिन साँझ पहिलो भेट भएको क्याफेमै भेटने निर्णय गर्‍यौं । अर्कोदिन बिहानैदेखि मन गह्रौं भयो, शरीरमा जोश–जाँगर थिएन। मन नलाई नलाई कलेज गएँ, फर्के अनि उसलाई भेट्न निस्के क्याफेतिर। तर, न उ आई, न त उसले फोन नै गरी। अनि कोठातर्फ फर्के, खाना खान मन लागेन, शरीर पुरै दीर्घकालिन रोगले ग्रस्त भएजस्तो महशुस भईरह्यो। एक्कासी उसको फोन राति आयो।

ऊ सिधैं रुन पो लागि, अनि बोल्दै गई – जब म तपाईलाई भेट्न कोठाबाट निस्किदै थिए। ठीक त्यसैबेला फेरि आजपनि त्यही युके आर्मी केटालाई लिएर अङ्कल आउनु भयो र मलाई उसकै अगाडि राखी बिहेको लागि अनुरोध गर्नुभयो। तर, मैले अस्वीकार गरिदिएँ। त्यसपछि बाबामम्मीसँग अंकल धेरै बेर कुरा गर्नुभयो र रातिसम्म बस्नु भयो। मन दुःखी बनाउँदै म पनि घरमा बसिरहे भन्दै ।।।।।। ऊ रुँदै बोलिरहेकी थिई। मलाई नेपाल छोड्न मन छैन, म छिटो फर्कन्छु। तपाई विना त, खै कसरी लण्डन बसाई रमाइलो होला ररु हुन त हामी फोनमा भएपनि नियमित सम्पर्कमा रहने छौं। अर्कोदिन एयरपोर्टबाट बिदाई हुने बेला ‘लब यु’ भन्न पनि छुटाइन। याद छ मलाई, रुँदै भनेकी थिई।

ऊ लण्डन उडी तर, यता उ विनाको प्रत्येक पलहरु मेरा लागि पिडादायी हुँदै गए। कलेज गयो, पढ्नै मन नलाग्ने। सधैं कोलाहल लाग्ने काठमाडौंका गल्लीहरु पनि सुनसान लाग्न थाले। एकजना मान्छेको अनुपस्थितिले कति असर पार्दो रहेछ। निन्द्रा लाग्दैन, उसका यादहरु वरिपरी घुमिरहन्छन्। लण्डन जानु २–४ दिन अघिमात्र उसले फेसबुक डिएक्टिभ गरेकी थिई। कसले हो कुन्नी, उसलाई आपत्तीजनक फोटो ट्याग गरिदिएछ। त्यसपछि घरबाट गाली गरेपछि  डिएक्टिभ गरेकी थिई।

ऊ लण्डन उडेको दुई दिन भयो, तर उसको अहिलेसम्म फोन आएन। सोचेँ नयाँ ठाउँबाट कसरी फोन गरोस्, एकमनले फेरि सोचे बाबाको फोनबाट एक कल फोन गरेपनि त हुन्थ्यो नि। अब हप्ता भयो, महिना भयो तर उसको फोन आएन। तीन महिना पनि पूरा भयो। अहँ उसको केही खबर छैन, उ नेपाल फर्कि या लण्डन छे। अब त उसको खबर नपाएको पनि ६ महिना पुगेछ। म उसको प्रेममा दिनप्रतिदिन तड्पिँदै छु, उसका यादहरुले नराम्रोसँग पोल्छन्, म उसकै प्रेमको एक क्रोनिक पेसेन्ट जस्तो जिउँदै छु। थाहा छैन। उसले कसरी बिर्सन पुगी। नेपाल हुँदा, मेरै काखमा सुतेर घण्टौ रुने ऊ, आज कसरी बिर्सन सकि। थाहा छैन, लण्डन छे वा नेपाल, कि त्यही युके आर्मीसँग विवाह बन्धनमा बाँधिन बाध्य भई।

पूर्णरुपमा म बेखबर छु, उसको प्रेमले मलाई दिनप्रतिदिन गलाउँदै छ। लाग्छ, संसारमा सबै रोगको उपचार सम्भव छ, तर प्रेम, द्याट इज लव, कसैलाई बिर्सनु, सजिलै सम्भव छैन, उ विना कदापी यो रोगको उपचार छैन । उसको ओठमा रमाउने यी मेरा ओठहरु, उसकै नाम लिई बड्बडाउन विवश छन्, उसको अङ्गहरुलाई स्पर्श गर्ने हातहरु कलम समाई उसकै कहानी लेख्न बाध्य छन्, विचरा म। समयको अन्तरालपछि, साथीहरुको सहयोगले विस्तारै विस्तारै म आफूलाई सम्झाउँदै थिएँ। फेरि, २–४ दिन अगाडि उसको ‘फ्रेण्ड रिक्वेष्ट’ आएको छ। थाहा छैन, उ फेरि किन ।।।।।।
(सेतोपाटीबाट साभार)

About The Author

अन्य समाचारहरु: