Sat. Apr 26th, 2025

नेशनल माइक्रोफाइनान्सको अध्यक्षमा पुन आचार्य

IMG_4511

३० पुस, धादिङ
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पुन केशवप्रसाद आचार्य चयन हुनुभएको छ ।

संस्थाको बुधबार धादिङबेसीमा सम्पन्न प्रथम वार्षिक साधारण सभाले अध्यक्षमा आचार्यलाई र संचालक समितिहरुमा गंगाप्रसाद उप्रेती, ज्योती प्रकाह पाण्डे, उदयकृष्ण उपाध्याय, रविन सिजापति, डा.रमा बस्याललाई चयन गरेको हो ।

देशभर १२ वटा शाखा संचालन गर्दै आएको फाइनान्सले धादिङबेसीमा एक वर्ष अघिबाट सेवा सुरु गरेको हो । हाल संस्थाको अधिकृत पूँजी रु ५० करोड, जारी पूँजी रु १० करोड र चुक्ता पूँजी रु ७ करोड रहेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

संस्थाले आर्थिक वर्ष ०७०/०७१ को मंसिर मसान्तसम्म १५ करोड १९ लाख ८३ हजार कर्जा वितरण गरेको छ भने २९ लाख ३३ हजार निक्षेप संकलन गरेको छ ।

फाइनान्सले हालसम्म १८ लाख ३ हजार रुपैया नाफा कमाउन सफल भएको पनि आचार्यले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा १० हजार भन्दा बढी विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गर्ने, र कर्जाको गुणस्तरलाई बृद्धि गर्ने भएको छ ।

About The Author

अन्य समाचारहरु: