Sun. Oct 6th, 2024

माघेसंत्रान्ति पर्व धुमधामका साथ मनाइदै

Tarul-11

१ माघ , धादिङ
माघेसंक्रान्ति पर्व देशभर हर्षल्लासका साथ मनाइदै छ । जलाशय, नदी, तथा त्रिवणीमा स्नान र मन्दिरमा पूजापाठ गर्नाका साथै घिउ,चाकु, तिलको लड्डु र तरुल दान एवं खाएर मनाइने चलन छ ।

ज्योतिष शास्त्रअनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जान्छ । ‘भविष्यपुराण’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा आजका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र आगो ताप्ने मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोसिलो हुनाका साथै निरोगी होइने उल्लेख छ ।

पुसको मसान्तमा पकाएर माघको सुरुमा खाने भएकाले यस पर्वलाई पुसको पाक्के माघमा खाक्के पनि भन्ने गरिन्छ । यो पर्व खासगरी थारु, नेवार, मगर, गुरुङ लगायतका समुदायमा धुमधामका साथ मनाइने गर्दछ ।

About The Author

अन्य समाचारहरु: