Sat. May 18th, 2024

सुविधा सम्पन्न कभर्डहल ध्वस्त बन्यो, सेमी कर्बड हल पनि अधुरै

kabart hall

सरिता श्रेष्ठ,  धादिङ
लाखौं खर्च गरेर २०६४ साल देखि धादिङबेसीमा निर्माणाधिन कभर्डहल विचैमा अलपत्र छोडेर निर्माण सुरु गरिएको अर्काे सेमी कभर्डहल निर्माण कार्य पनि केही महिनादेखि रोकिएको छ ।

छ बर्ष अघि निर्माण सुरु गरिएको सुविधा सम्पन्न कभर्ड हल निर्माण कार्यलाई अलपत्रै छाडेर जिल्ला खेलकुद विकास समिति धादिङले नयाँ कभर्ड हल बनाउन सुरु गरेको हो ।

सेमी कर्बड हल निर्माण गर्न आवश्यक सामग्रीहरु ल्याउन ढिलाई भएकाले र ठेकेदारहरुले समयमा काम नगरिदिदाँ तोकिएकै समयमा कर्बड हल निर्माण हुन नसकेको जिल्ला खेलकुद विकास समिति धादिङका कार्यलय सचिव कृष्णलाल उप्रेतीको भनाई छ । २०७१ असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य सहित धादिङबेसीे सदरमुकाममा निर्माण सुरु गरिएको सेमी कर्बड हल निर्माण कार्यपनि रोकिएपछि खेलाडीहरु अन्यौलमा परेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को ३७ लाख १९ हजारको लागतमा सेमी कर्बड हल बन्न लागेको हो । १६ मिटर चौडाई र १८ मिटर लम्बाइ क्षेत्रफलमा निर्माण गर्न लागेको कर्बड हल निर्माण कार्यले पूर्णता पाउन नसक्दा आफुहरु समस्यामा परेको खेलाडीहरुले गुनासो गरेका छन् ।

अघिल्लो कभर्ड हल निर्माणको काममा भ्रष्टाचार सम्बन्धि मुद्धा अख्तियारबाट छानविन भइरहेकाले नयाँ कभर्डहल निर्माण कार्य थालिएको थियो । अघिल्लो पटक बन्न लागेको कभर्ड हलको २०६५ सालमा तत्कालिन युवा तथा खेलकुद मन्त्री गोपाल शाक्यले शिलान्यास गर्नुभएको थियो भने पछि २०७० चैत २६ गते संविधान सभाको उपाध्यक्ष ओनसरी घर्ती मगरले सेमी कर्भड हलको शिल्यान्यास गर्नुभएको थियो । समितिले सेमी कर्बड हलको ७० प्रतिशत काम सकिसकेको भनेपनि निर्माण स्थलमा पिल्लर गाड्ने काम मात्र भएको छ ।

राजनीतिक खिचातानी र बजेट अभावको कारण देखाउ“दै पहिले सुरु गरिएको कभर्डहलको निर्माण कार्य रोकेपछि पुरानो संरचना ध्वस्त भएको छ । कवर्डहलको लागि जग हालिए पनि त्यस माथिको संरचना वनाउन नसक्दा जग नै उप्कन थालेको छ भने पिल्लरका लागि ठड्याइएको रडहरु भाँचिएका छन् । कर्भड हल नहुँदा विशेषत कँराते, तेक्वान्दो, व्याडमिन्टन, भलिबल लगायतका खेल खेल्ने खेलाडीहरु मर्कामा परेका छन् । सामान्य बर्षात र हावामा समेत खेल खेल्न नसकिने हुँदा आवश्यकता अनुसार अभ्यास गर्न नसकेको खेलाडीहरुले गुनासो गरेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: