Fri. Dec 6th, 2024

सभाध्यक्ष नेम्वाङले भने- माघ ८ मा संविधान आउँदैन

subash_nembang._423839162

काठमाडौं

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले माघ ८ मा संविधान जारी गर्न नसकिने बताएका छन् ।

रिपोटर्स क्लबको ज्ञापनपत्र बिहीबार बुझेपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले सहमति नभए प्रक्रियाबाट अघि बढ्दा पनि सात दिनभित्र संविधान जारी गर्न नसकिने बताएका हुन् ।

सहमति नभएमा आफू सामान्य प्रक्रियाबाटै अगाडि बढ्ने सभाअध्यक्ष नेम्वाङले स्पष्ट पारे । यदि सहमति भएन भने निर्धारित प्रक्रियाअनुसार नै म अगाडि बढ्छुु, नेम्वाङले भने, त्यसो हुँदा अबको सात दिनभित्र संविधान आउँदैन ।

विद्यमान प्रक्रियालाई निलम्बन गरेर सहमतिका आधारमा सात दिनभित्र संविधान जारी गर्न सकिने सम्भावनातर्फ पनि नेम्वाङले दलहरुको ध्यानाकर्षण गराए । दलहरु विषय र प्रक्रियामा सहमति भए माघ ८ मै संविधान जारी गर्न सकिनेबारे राष्ट्रपति, प्रधानमन्त्री र दलका प्रमुख सचेतकसँगको बैठकमा आफूले कुरा राखेको उनले जानकारी दिए ।

अध्यक्ष नेम्वाङले दलहरुबीच भएका असहमति टुङ्गिएको अवस्थामा संवाद नहुनु देश र जनताको हितमा नहुने भन्दै सबै दलका नेताहरुलाई संवादमा बस्न आग्रह गरेको बताए । अध्यक्ष नेम्वाङले एमाओवादीले नेतृत्व गरेको मोर्चाले संविधानसभाको बहिष्कार नगरेको स्पष्ट पार्दै उनीहरु संविधानसभाको बैठकमा अनुपस्थिति भएको बताए ।

एमाओवादीसहितको मोर्चाले बैठक स्थगित गर्न अनुरोध गरेका हुन्, नेम्वाङले भने, निर्धारित बैठक स्थगित नगर्दा उनीहरु उपस्थित भएनन्, बहिष्कार गरेको होइन ।

(अन्नपूर्ण अनलाइबाट साभर)

About The Author

अन्य समाचारहरु: