Wed. Dec 4th, 2024

तारुका र वेत्रावतीमा २४ हलको प्रतिष्पर्धा, धादिङको पनि पाँच स्थानमा जुदाईयो

Nuwakot Goru Judhai

१ माघ, धादिङ

हरेक वर्षझै यस वर्ष पनि नुवाकोटको तारुका र वेत्रावतिमा गोरु जुधाएर माघे संक्रान्ति पर्व मनाइएको छ । दुवै स्थानमा भएको गोरु जुधाई प्रदर्शनीको युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गर्नुभयो ।

मेलाको उद्घाटन गर्दै मन्त्री पौडेलले गोरु जुधाई परम्परालाई सरकारले महत्वका साथ हेरेको बताउँदै यसवाट पर्यटन प्रवर्धनको सम्भावना बलियो रहेको बताउनुभयो । नुवाकोटको तारुका र बेत्रावतीमा गरी २४ हल गोरु जुधाइएको छ । तारुकाको चन्दनीमा जुधाइएको १६ हल मध्ये तीन हल गोरुको प्रतिष्पर्धा बराबरीमा टुंगिएको थियो । दुई हल गोरु मैदानमा आएपनि नजुधी फर्किएका थिए । विजयी गोरुलाई २ हजार रुपैयाँ नगद र हार्ने गोरुलाई १५ सय रुपैया सहभागिताको लागि प्रदान गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर वखरेलले बताउनुभयो ।

मेलामा श्याम श्रेष्ठ, पदमकान्त लामिछाने, विष्णुमान श्रेष्ठ, दिनेश दर्लामी, ज्ञानबहादुर तामाङ, हरि श्रेष्ठ, मोतिराम ढकाल, उमेश अधिकारी, दीपक विक, प्रकाश रेग्मी लगायतको गोरुले जितेको थियो । तारुका र वेत्रावती दुबै स्थानमा भएको प्रतिस्पर्धामा बिजयी तथा सहभागी गोरु धनीलाई नगद पुरस्कार प्रदान गरिएको छ । यता, ऐतिहासिक स्थल बेत्रावतीमा पनि ८ हल गोरु जुधाइएको छ । गोरु जुधाइमा जित्ने गोरुलाई तीन हजार र हार्नेलाई पनि सहभागिताको लागि २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले बताउनुभयो । तारुका र वेत्रावतीमा भएको परम्परागत गोरुजुधाई हेर्न जिल्लाहरु रसुवा, धादिङ, गोर्खा, काठमाण्डौं लगायत देशका बिभिन्न भागबाट दर्शकहरुको ओइरो लागेको थियो । दुबै स्थानमा भएको प्रतिस्पर्धामा बिजयी तथा सहभागी गोरु धनीलाई नगद पुरस्कार प्रदान गरिएको छ ।
धादिङको पनि पाँच स्थानमा गोरु जुदाईयो

khalte
माघे संक्रान्तीको अवसर पारेर यस वर्ष धादिङको खाल्टे, मैदी, ढोला, खरी र झार्लाङ लगायत विभिन्न स्थानमा गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ । यस वर्ष खाल्टे गाविस वडा नम्बर ६ फ्याक्सेमा १० हल गोरु जुधाइएको छ । चमेरे गुफा संरक्षण समाजको आयोजनामा भएको गोरु जुधाई प्रतियोगितामा राम बहादुर मगरको गोरु विजयी भएको छ ।

प्रतियोगितामा विजयी र सहभागि गोरुका धनिहरुलाई नगद सहित पुरस्कृत गरिएको छ । विजयी गोरुको धनीलाई ५ सय र सहभागी गोरुका धनीलाई चार सय नगद सहित पुरस्कृत गरिएको आयोजक समितीका विष्णु प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । त्यस्तै मैदी गाविसको कोटमा भएको गोरु जुधाई प्रतियोगितामा राम श्रेष्ठको गोरु पहिलो भएको छ । प्रतियोगितामा सुजन श्रेष्ठको गोरु दोश्रो र एक नारायण श्रेष्ठको गोरु तेश्रो भएका छन् ।

स्थानीय खड्कदेवी समाजको आयोजनामा भएको प्रतियोगितामा विजयी हुने गोरुका धनीहरुलाई क्रमश २ हजार, १५ सय र एक हजार नगद पुरस्कार दिइएको छ । स्थानीय स्तरमा पर्यटन प्रवद्र्धनका साथै परम्परा जोगाउँदै रमाइलोका लागि गोरु जुधाउने गरिएको आयोजकहरुले बताएका छन् ।

About The Author

अन्य समाचारहरु: