Fri. Oct 11th, 2024

अपरिचित समूहको आक्रमणमा दुई गम्भीर घाइते, हेलिकप्टरबाट काठमाण्डौ लगियो

१ माघ, धादिङ

अपरिचित समूहको आक्रमणमा परी उत्तरी धादिङको तिप्लिङका दुई यूवा घाइते भएका छन् ।

बुधबार साँझ माघी मेला हेर्न साथीहरुसंग सेर्र्तुङको बर्खप आएका तिप्लिङ गाविस वडा नम्बर ३ ठूलो गाउँका मर्कुश घले र वडा नम्बर ७ लब्दुङका रोबट तामाङ घाइते हुनुभएको हो । बिहीबारविहान ४ बजेतिर भएको आक्रमणमा परी गम्भीर घाइते हुनुभएका मर्कुश तामाङलाई हेलिकप्टरको सहायतामा उपचारको लागि विहान काठमाण्डौ लगिएको छ ।

टाउँको र शरिरका विभिन्न भागमा चोट लागेका मर्कुशको अहिले काठमाण्डौ न्यूरो अस्पतालमा उपचार भइरहेको रामसिंह तामाङले जानकारी दिनुभयो । माने जात्रा हेरेर बसिरहेको बेला १०/१२ जनाको समूहले धारिलो हतियार सहित ढुंगामुढा प्रहार गरेको तिप्लिङका रामबहादुर तामाङले बताउनुभयो । गम्भीर घाइते हुनुभएका मर्कुश दोङ्देन माध्यामिक विद्यालयका शिक्षक हुनुहुन्छ । अर्का घाइते रोबटको भने स्थानीय स्वास्थ्य चौकीमा उपचार गराइएको छ । मर्कुश र रोबट माथी आक्रमण गर्नेहरुको पहिचान गरी तत्काल कारबाहीको माग गरेका छन् । प्रहरीले भने जात्रा हेर्ने क्रममा मादक पदार्थ सेवन गरेर आपसमा झगडा भएको बताएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

त्यस्तैगरी नुवाकोटमा पनि कुटपिटबाट एक जना गम्भीर घाइते भएको छ । कुटपिटबाट गरी हानेर गम्भीर घाइते बनाएका थिए । टाउकोमा गम्भीर चोट लागेका तामाङको उपचार भएका नुवाकोटको चारघरेका एक जनाको उपचारको क्रममा बिहिबार मृत्यु भएको छ । चारघरे–९ खानीगाँउका २१ वर्र्षका सतिश तामाङलाई बुधबार रराति राइसिङमा एक समुहले दाउरा र सल्लाको काठले हानेपछि उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: