Tue. May 21st, 2024

बलामीद्धारा विद्यार्थीहरुलाई शैक्षिक सामग्राी सहयोग

10884959_1005646052783487_778856728_n

मकवानपुर 

चित्लाङ माझगाउँ घर भई हाल अष्ट्रेलियामा बस्ने बिजय बलामीले स्थानीय विद्यालयलाई रु १० हजार बराबरको शैक्षिक सामाग्री सहयोग गरेका छन् ।

बलामीले चित्लाङको महालक्ष्मी प्रावि र क्लिप्mटन एकेडेमी बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई ‘विद्यार्थीका लागि ए टु जेड खुराक’ नामक पुस्तक, कपी र कलम सहयोग गरेका हुन । अभिभावक र विद्यार्थीहरुलाई लक्षित गरेर लेखिएको उक्त पुस्तकमा विद्यार्थीले राम्रो नतिजा ल्याउन कसरी पढ्ने, व्यक्तित्व विकास कसरी गर्ने, अभिभावकहरुले के के कुरामा ध्यान दिने भन्ने विषयवस्तुहरु समेटिएका छन् ।

चित्लाङमा आज सम्पन्न क्षेत्रियस्तरीय भलिवल प्रतियोगिता कार्यक्रममा उक्त सहयोग बिजयका बाबु बुद्धिलाल बलामीले स्थानीय स्वचन्द्ध भैरव युवा क्लवमार्फत विद्यालयलाई हस्तान्तरण गरेका हुन । विद्यार्थीलाई सहयोग गर्न पाउदा खुसी लागेको वताउँदै बलामीले पुस्तक किनेर पढ्न नसक्ने विद्यार्थीले पनि ज्ञानगुणका कुरा सिकुन भन्ने उद्देश्यले सहयोग गरेको वताउनु भयो ।

यसैबीच प्रतियोगितामा नाइनस्टार युवा क्लव पहिलो, कोटडाँडा युवा क्लव दोश्रो र युनाइटेड स्पोर्टस क्लव तेश्रो भएका छन् । विजयी क्लवहरुलाई प्रमुख अतिथि नेपाल भलिबल संघका उपाध्यक्ष मनोरोञ्जन रमन शर्माले पुरस्कार प्रदान गर्नु भयो ।

About The Author

Loading...

अन्य समाचारहरु: