Tue. Dec 5th, 2023

त्रिशुली नदीमा खसेर राष्ट्रिय योजना आयोगका पुर्व सदस्य दुई दिन देखि वेपत्ता

२ माघ, रसुवा

जिल्लाको हाकुमा निर्माणाधिन २१६ मेगावाटको अपर त्रिशुली १ आयोजनाको को सर्वे गर्न जाने क्रममा त्रिशुली नदीमा खसेर राष्ट्रिय योजना आयोगका पुर्व सदस्य वेपत्ता भएका छन् ।

जलविद्युत् आयोजनाको सामाजिक प्रभावका अध्ययनकर्ता तथा राष्ट्रिय योजना आयोगका पुर्व सदस्य भोजपुर घर भई हाल काठमाण्डौ कोटेश्वर ५ निवासी ६१ वर्षका रामकुमार शर्मा ढुङ्गामा चिप्लिएर त्रिशुली नदीमा खस्दा दुई दिन देखि बेपत्ता भएका हुन् ।

आयोजनाको सर्वे गर्र्न जाने क्रममा रसुवाको हाकु गाँउ विकास समिति वडा नं ३ ठाडेभिर नजिक विहिबार विहान ११ बजे ढुङ्गामा चिप्लिएर काठमाण्डौ कोटेश्वरका शर्मा नदीमा खसेर वेपत्ता भएका हुन् । उनको दुई दिन देखि प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी लगायतको टोलीले खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक प्रविण पोखरेलले जानकारी दिनुभयो । सदरमुकाम धुन्चे र हाकुको बिच भाग भएर बग्ने त्रिशुली नदीको उच्च गतिमा बग्ने गरेको छ भने उक्त ठाउँमा गहिरो खोच रहेकाले खोजी कार्यमा कठिनाई भईरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार शर्माको खोजी कार्यका लागि शसस्त्र प्रहरीले बोटिङ गरेको थियो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार शर्मा १० जना सहकर्मीसँग नेपाल ईन्भाईरोमेन्ट एन्ड साईन्टिफिक्स सर्भिस(नेसा) बाट नेपाल वाटर इनर्जी डेभलपमेन्ट प्रा लिको आग्रहमा सामाजिक प्रभावको अध्ययनका लागि हाकु आएका थिए । शर्माको खोजीका लागि ३० जनाको सुरक्षा टोली दुई दिन देखि त्रिशुली नदीमा खोजी कार्यमा जुटिरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: