Sat. Jun 15th, 2024

क्यानडालाई हराउने दाउमा नेपाल

nepali-team

६ माघ, धादिङ
आईसीसी विश्व क्रिकेट लिग डिभिजन –२ अन्र्तगत मंगलबारको खेल नेपाल र क्यानडाबीचको हुनेछ ।

खेल नेपाली समय अनुसार दिउँसो १ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ । आफ्नो दोस्रोे खेलमा नेदरल्याण्डलाई पराजित गरेको नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

पहिलो खेलमा युगाण्डासँग पराजित भएको नेपालले दोस्रो खेलमा प्रतियोगिताको बलियो टोली नेदरल्याण्डलाई २ विकेटले पराजित गरेको थियो ।

डिभिजन १ मा उक्लिने लक्ष्य पूरा गर्न नेपालले बाँकी सबै खेल जित्नु पर्नेछ भने डिभिजन २ को हैसियत सहज रुपमा पक्का गर्न बाँकी तीन मध्ये दुई खेल जित्नै पर्ने दबाव छ । यस अर्थमा क्यानडासँगको खेल महत्वपूर्ण  हुन्छ ।

About The Author

Loading...

अन्य समाचारहरु: