नेपाली क्रिकेट टोलीका बलर बसन्त रेग्मीले विश्व क्रिकेट लिगमा १०० विकेटको कीर्तिमान बनाए । २८ वर्षे बसन्त अहिले पनि नेपाली टोलीका भरपर्दा बलर हुन् । निकै गम्भीर स्वभावका बसन्त डिभिजन टूका लागि नामिबिया जानुअघि गरेको कुराकानी :
कत्तिको चुनौतीपूर्ण छ डिभिजन टू नेपालका लागि र ?
– खेलाडीका रुपमा कुनै पनि खेल खेल्न जाँदा चुनौती लिएर नै जाने हो । यो डिभिजन टू हो, यसमा ओडीआई स्टाटस पाएकादेखि वर्ल्डकप खेलिसकेका देशहरु पनि छन् । त्यो पनि एउटा चुनौती हो । तर, हामीले पनि मेहनत गरेका छौं । मलाई के विश्वास छ भने हामीले क्षमता अनुसार खेल्यौं भनेर यसलाई पार गर्न सक्छौं ।
व्यक्तिगत रुपमा तपाई कत्तिको दबाव हुन्छ ?
-जहिले पनि राम्रो गर्ने सोच्छु । प्रोसर लिने मेरो बानी छैन । राम्रो गर्छु भनेर सोच्छु र प्रयोस गर्छु ।
तपाई अलि मोटो देखिनुहुन्छ । खेल्ने क्रममा अप्ठ्यारो हुन्छ कि हुँदैन ?
– उसले अप्ठ्यारो भन्ने केही हुन्न । क्रिकेटमा फिटनेश त चाहिन्छ तर, त्यसको साथमा स्किल चाहिन्छ । समस्या भनेको त्यस्तो केही छैन । जहाँसम्म मोटाएको कुरा गर्नुभयो, मेरो शरीर सुरुदेखि नै त्यस्तो छ ।
यहाँसम्म कसरी आउनुभयो ?
– क्रिकेट खेल्ने मेरो सानैको लक्ष्य हो । दाइहरु खेल्दा म हेर्न जान्थेँ । बल फाल्दा फाल्दै मलाई पनि खेल्न मन लाग्यो र खेलेँ पनि । त्यसक्रममा मलाई राष्ट्रिय टिमबाट खेल्ने इच्छा लाग्यो । जब म सानै थिएँ, साथीभाइहरुको बीचमा नेपालले वल्र्डकप खेल्छ कि खेल्दैन भन्ने कुरा हुन्थ्यो । मैले खेलेर नेपाललाई विश्वकपसम्म पुर्याउन सकें भन्ने लाग्थ्यो । त्यही लक्ष्य लिएर अघि बढेको छु । टी-२० मा विश्वकप खेलेँ । देशका लागि केही न केही गर्न सकेँ, खुशी लागेको छ ।
संघर्ष कत्तिको गर्नुपर्यो क्रिकेट खेल्न ?
– म घरको म कान्छो छोरा थिएँ । दुईवटै दाइहरुले खेल्नुहुन्थ्यो । त्यसकारण पनि मलाई दबाव भएन । हुन त जुन लक्ष्य लिएर म हिँडेको थिएँ, वीचमा अप्ठ्याराहरु पनि आएको थिए । तर, मैले मेरो लक्ष्य छोडिँन ।
क्लब क्रिकेट खेल्न बिहान ट्रेनिङ गर्नुपथ्र्यो । रमाइलो के भने फुपूको छोरा कुमार पौडेल र साथी धनबहादुर कार्की भन्ने हामी साथी थियौं । हामी एक दिन झुक्किएर राति २ बजे नै रनिङ गर्न गएछौं ।
अहिले कत्तिको खुसी हुनुहुन्छ ?
– एकदम । बबाल । मैले सानैदेखि चाहेको कुरा पूरा भएको छ, त्यसमा म खुसी छु । देशका लागि केही न केही गरेको छु भन्ने छ ।
सबैभन्दा वेष्ट मोमेन्ट ?
– धेरै छ । त्यस्तो एउटा टुर छैन कि मैले आफ्नो राम्रो प्रदर्शन गर्न नसकेको । वेष्ट भन्नाले धेरै नै छ । पहिला त २००६ यू(१९ विश्वकपमा प्लेट च्याम्पियनसीप जित्यौं । सेमिफाइनलमा दक्षिण अफ्रिकालाई जित्यौं । फाइनलमा न्यूजिल्याण्डलाई जित्यौं । त्यसमा वेष्ट पर्फम गरेँ । डिभिजन फोरमा म्यान अफ द सिरिज बने । कुनै पनि प्रतियोगिता खेल्दा जुन गेममा राम्रो प्रदर्शन गरेर नेपाल जित्छ, त्यो नै मेरा लागि वेष्ट हुन्छ । चाहे एक विकेट लिएर होस्, चाहे क्याच लिएर होस् ।
आफैंलाई लागेको नराम्रो प्रदर्शन ?
मीले फाइनल जितेका थियौं । त्यतिबेला फाइनलमा मेरो प्रदर्शन राम्रो हुन सकेन । फाइनलमा नचाहिने बेला म आउट भएँ । त्यसले मलाई दुःखी बनायो ।
करियरमा पीडादायी क्षणहरु पनि आए होलान् नि ?
-त्यस्तो क्षण छ । २००३ मा सिनियर क्याम्पमा मेरो एउटा औंला फ्याक्चर भयो । क्याम्पमा पर्ने, घर र्फकने भइरहृयो । त्यसबेला न व्याटिङ न बलिङ गर्न पाइयो । त्यसो हुँदा दुःख पनि लाग्थ्यो । राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गरेको छ तर, सिनियर क्याम्पमा न ब्याट छुन लिन्छ, न बल ।
खेल्न थालेपछि पनि चोट लाग्यो । औंला फ्याक्चर भयो, औंला बिग्रियो । करियरमा यस्ता क्षणहरु पनि छन् ।
पहिलो कमाइ याद छ ?
– पहिलो कमाइ ‘ अँ अँ ।। बंगलादेशमा यू-१७ खेल्न जाँदा ।।
८ डलर हो ?
– ८ डलर थिएन होला । ए टोटल (जम्मा) ८ डलर होला ।
अहिले चाँहि राम्रो नै छ कमाइ ?
– हामीले जत्ति हुनुपर्ने हो त्यो छैन । पहिलो भन्दा छ । राष्ट्रिय टीमको प्लेयर । देशको प्रतिनिधित्व गरेको मान्छे भएपछि अलिराम्रो हुनुपर्छ जस्तो लाग्छ ।
२८ वर्षको हुनुभएछ । विवाह गर्नुभयो र ?
– छैन । गर्ने सोचाइमा छु ।
सोच्ने फुर्सद नै भएन कि र ?
– प्लेयरको लाइफमा यस्तै हुन्छ । देशका लागि सोच्नुपर्यो पहिलो, त्यसपछि बल्ल आफ्नो बारेमा सोच्ने हो ।
अब सोच्ने बेला भएको हो र ?
– सो कुरा पछि गरौंला हा हा हा ।
तपाई कम हाँस्नुहुन्छ । यसको कारण के र ?
-सबले मलाई गम्भीर नै देख्छन् । सानैदेखिको स्वाभाव हो । रमाइलो भनेको पार्टीहरु भयो भने मात्र हो । नत्र यतिकै हो । कोही बोल्नुहुन्छ, मीठो बोल्छु, मेरो अघि बस्ने मोन्छेलाई खुसी पार्न सक्दो प्रयास गर्छु । सकिएन भने मेरा लागि दुःखको कुरा हो ।
फुर्सदको समयमा के गर्नुहुन्छ ?
– घरमा समय दिन्छु । साथीहरु भेट्छु । आफ्नो काम गर्छु ।
क्रिकेटबाहेक मन पर्ने खेल ?
– फुटबल खेल्थेँ, ब्याडमिन्टन खेल्थेँ । हेर्न भन्दा खेल्न रुचाउँछु ।
खाना पकाउन आउँछ ?
– मैले पहिला बनाउन्नथेँ । जब क्यानडा खेल्न गएँ, कोचले हामीलाई खेल्ने मौका दिनुभयो । त्यसबेला मैले आफैं बनाउन सिकेँ । त्यसअघि चिया कफी बनाउँथेँ ।
मीठो के बनाउनुहुन्छ ?
– बनाउँछु सबै ।
मनपर्ने खाना ?
– आलु भुजिया । दाल घिउमा झानेको, भात । मासु फ्राइ ।
जीवनको कत्तिको रुनुभएको छ ?
– यो कसरी भनौं अब हा हा हा । म यो प्रश्न तपाईलाई नै गर्छु हा हा हा ।
झुट कत्तिको बोल्नुहुन्छ ?
– एकदमै कम ।
रीस कत्तिको उठ्छ ?
– यो पनि तपाईले नै सोध्छु हा हा हा । कहिले काँही आफूले राम्रो गर्न सकेन भने रीस उठ्छ ।
अहिले तपाईको पर्समा चेक गर्यो भने कति रुपैयाँ होला ?
– अहिले म पर्स चेक गर्न त दिन्न । तर, प्राय म ख्याल गर्दिनँ । कार्ड हुन्छ, सजिलो छ ।
बाहिर जाँदा परिवारलाई कत्तिको मिस गर्नुहुन्छ ?
– मिस गरिन्छ । अचेलचाहिँ मिस गर्दा गर्दा हृयाविट जस्तो भइसक्यो । त्यसो हुँदा कम हुन्छ ।
डिभिजन टूप्रति सबै आशावादी छन् । तर, तलमाथि भयो भने केही सोच्नुभएको छ ?
– हामीले जित्यौं भने धेरै राम्रो हुन्छ । नेपाली क्रिकेटको एउटा टर्न लिन्छ । केही भएर क्वालिफाइड भएन भने पनि पहिला जस्तो छ त्यस्तै हुने हो । त्योभन्दा केही चेञ्ज राम्रो हुन्छजस्तो लाग्दैन । अझ राम्रो गर्ने सोच आउँछ कि रु
(अनलाइनखबरबाट साभार)