Mon. Jun 24th, 2024

प्रेसको सुरक्षाको माग गर्दै पत्रकार महासंघको विज्ञप्ति

fnj-logo

६ माघ, काठमाडौं
एमाओवादी नेतृत्वको मोर्चा, नेकपा-माओवादी र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले गरेको मंगलवारको बन्दको क्रममा प्रेसलाई लक्षित गरी आक्रमण गरिएको भन्दै निन्दा र भर्तसना गरेको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले मंगलबार प्रेस विज्ञप्ति जारी गरी बन्दको क्रममा प्रेसलाई निर्वाध आवागमनमा अवरोध नगर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

नेपाल पत्रकार महासंघले पत्रकार, सञ्चारमाध्यम र प्रेसका सवारी साधनको भरपर्दो सुरक्षा प्रवन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रेसमाथि आक्रमण वा प्रेस स्वतन्त्रता हननका कुनै पनि घटना भएमा पत्रकार महासंघ केन्द्रीय कार्यालयको टेलिफोन नम्बर ४११२७६३, ४११२६७३ र इमेल [email protected] मा सम्पर्क गर्न महासंघले आग्रहसमेत गरेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: