Thu. Jun 13th, 2024

एमाले पूर्वसभासद् बोहोराको निधन

gopal_20150121123328

७ माघ, काठमाडौं

एमालेका पूर्वसभासद् गोपालसिंह बोहोराको निधन भएको छ ।

मुटुरोगबाट पीडित बोहोराको उपचारकोक्रममा मंगलबार राति निधन भएको हो । उनको बुधबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

६८ वर्षीय बोहोरा पहिलो संविधानसभामा एमालेको समानुपातिक सभासद् थिए । सेनामा ३५ वर्ष सेवा गरेका बोहोरा सहायक रथीबाट ०५५ सालमा अवकास लिएका थिए ।

एमाले दार्चुला-काठमाडौं सम्पर्क मञ्चका सदस्य बोहोराले तत्कालिन विद्रोही माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने कार्यका लागि गठित सेना समायोजन विशेष समितिमा थिए ।

(इ कान्तिपुर अनलाइनबाट साभार)

 

About The Author

Loading...

अन्य समाचारहरु: