Mon. Jun 24th, 2024

संविधान सभाको भवन परिसरमा खुर्सानीको धुलो भेटियो

 

BICC-Nepal
८ माघ काठमाडौँ
संविधान सभाको भवन परिसरमा खुर्सानीको धुलोका पोकाहरु भेटिएको छ ।

संविधानसभाको बैठक बस्नुअघि सुरक्षा जाँच गर्ने क्रममा विभिन्न स्थानमा खुर्सानीका धुलोका १० पोका फेला परेको हो । संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले सञ्चारकर्मीहरुसँग भने–‘यो ज्यादै संवेदनशील र दुःखत हो । यसले गर्दा आज सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सभासदलाई समेत कडाई गाडीमा आएका सभासदलाई गेटमा उतारेर मेटल डिटेक्टरमा जाँच गरिएको छ भने  संविधानसभा भित्र मोबाइल लैजान दिएको छैन । महिला सभासद्को झोला समेत भित्र लैजान दिइएको छैन । संविधानसभा भवनको मुल गेटमा पूर्व प्रधानमन्त्रीलाई समेत चेकजाँच गरी मात्र भित्र पठाइएको छ ।

 

About The Author

Loading...

अन्य समाचारहरु: