Sat. Jul 27th, 2024

किसानको गहुँवालीमा एकघैंटो चाँदीका सिक्का भेटिए

coin8

कपिलवस्तु 

तिलौराकोट दरवार पूर्वपट्टि एकजना किसानको खेतको गँहुबालीभित्र एक घैटोभरि चाँदीका सिक्का फेला परेको छ।

प्राचीन कपिलवस्तु गणराज्य तिलौराकोट दरवारको पूर्वी विहार उत्खन्नमा फेला परेको मौर्यकालिन पंचमार्क ४९५ वटा चाँदीका सिक्का रहेको घैटो।

दरवारदेखि पूर्व र कन्थक स्तुपदेखि दक्षिण खेतको गँहुवाली फाडेर उत्खन्न गर्ने क्रममा ४९५ वटा चादीका सिक्काहरू फेला परेको उत्खन्नमा संलग्न पुरातत्व विभागका अधिकारीहरुले जानकारीदिएका छन्।

खोर्सदै थिए, चम्कीएको देखे, हेरेको त चाँदीका सिक्का भेटे। घैंटोभरि थियो। पुरातत्व विभाग पुरातत्व अधिकुत मञ्जु सिंह भण्डारीले भनिन( म आश्चर्य परे, पूरानो दुर्लभ पैसा मेरो हातमा परो, मैले नै पहिला देखे।

सूर्य, चन्द्र, हात्ती, मयुरलगायत विभिन्न चिन्ह र आकार भएका ४९५ वटा चाँदीका सिक्का भेटिएका छन। फेला पारिएका सिक्काहरू मार्यकालिन रहेको र विभिन्न साईज र आकृति कोरीएका पञ्चमार्कका छन् । पुरातात्वीक संस्कृतीको गाग्री फेला परेको छ।

साथै त्यस ठाउमा जनवारको हडी, भाँडाकुडा, हात्ती, मान्छेका विभिन्न आकृतीका मुर्तीहरु पनि फेला परेको उत्खन्नमा संलग्न वेलायत दुरहाम विश्व विद्यालयकाडा। क्रिस्टोफर डेभिसले बताए।

उक्त क्षेत्र उनीको प्रत्यक्ष निरगरानीमा किल्ला पर्खाल भन्दा वाहिर सिमावर्ती क्षेत्रमा विहारको पर्खाल नजिक पूर्वी स्तुपसंगै उत्खन्न गर्नेक्रममा खैरो माटोको तहमा खन्दैगर्दा फेला परेको हो।

तिलौरी गाउका झन्डाए कोरी दलितको नीजि नम्वरी खेतको गहुँवाली फाडेर खन्दै जादा जमिनदेखि ४० सेन्टिमिटर कमगहिराईमा नै उक्त चादीले भरिएको माटाको घैटो सहित विहारको भगंनाअवशेषहरू फेला पारेको पुरातत्वका उत्खन्न टोलीले बताएका छन्।

युनोस्को दुराहाम युनिर्भसीटीको पुरातत्वविदहरूले गतवर्ष उक्त क्षेत्रमा भू(भौतिक सर्भे गर्दा एक विहार, दुईवटा पोखरी र एक स्तुप फेला पारेको थियो। हाल विहारको उत्खन्न भईरहेको छ।

वेलायतको उच्चप्रविधि एवं विज्ञ सहित नेपाली पुरातत्व अधिकृतहरूको संयुक्त टोलीले पुस २१गतेदेखि तिलौराकोटका विभिन्न चारस्थानमा उत्खन्न एवं अन्वेषण गर्दैजादा भेटिएको हो।

उत्खन्न टोलीले दरवारको उत्तर समयमाई मन्दिर नजिक उत्खन्न गर्दै जाँदा चारफिट गहिराई उक्त एतिहासीक ग्रागीको पिँध फेला परेको उत्खन्नमा संलग्न लुम्विनी विकास कोषका कर्मचारीले जानकारीदिए। भेटिएको गाग्री माटोबाट बनेको बुद्धकालिन समयको भएको पुरातत्व अधिकृतले बताएका छन्।

अन्वेषण टोलीले उत्खन्न, जमीनमुनी ड्रिल अंगरीङ, जमीन मुनीको एक्सरे (जीओ फिजिक्स सर्भे) अध्ययन गर्दै नक्सा तयार गर्ने कार्यपनि संगसगै गरिरहेका छन्।
वेलायत दुरहाम युनिभर्सटीका प्रोफेसर डा। रविन कनिङ घमको नेतृत्वमा उत्खन्न एवं अन्वेषण भईरहेको छ ।

नेपाल सरकार पुरातत्व विभागका पूर्व महानिर्देशक पुरातत्वीद कोषप्रसाद आचार्य, प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुवर, वेलायतका प्रोफोसर डा। कनिङ घम, डा। मार्क, डा. क्रिस, डा.जेनी फरलगायतका स्वयसेवक उत्खन्नमा संलग्न रहेका छन्।

यसैगरी लुम्विनी विकास कोषबाट पुरातत्व अधिकृत कृष्ण केसी, हिमाल उप्रेती, ध्रुव नारायण पाण्डे, फोटोग्राफर अरविन शाक्य, तिलौराकोट कार्यालय प्रमुख माधव प्रसाद आचार्य समिलित छन् ।

पुरातत्वको अन्तराष्ट्रिय मापदण्ड र नियम अनुसार उत्खन्नसंगसगैं अनुसन्धान थालेको र भेटिएका वस्तुहरुको नमूना वैज्ञानिकढंगले मिती तय गर्न र संस्कृतीको अनुसन्धान गर्न वेलायतको प्रयोगशालामा पठाईने पुरातत्व विभागका प्रर्व महानिर्देशक पुरातत्वविद कोषप्रसाद आचार्यले बताए।
(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

Loading...