Thu. Mar 28th, 2024

समाचारका लागि मिडियाभन्दा गुगलप्रति बिश्वास धेरै

google-search

गुगल, कुनै पारम्पारिक समाचार माध्यम होइन । तर, एक अध्ययनले भने इन्टरनेट बादशाह गुगल सबैभन्दा विश्वासिलो समाचारको श्रोत रहेको देखाएको छ ।

जनसम्बन्ध संस्था इडेलम्यानले गरेको सर्भेक्षणले गुगललाई अन्य समाचारका लागि संचार माध्यमभन्दा भरपर्दो र विश्वासिलो श्रोतको रुपमा उभ्याएको हो ।

२०१५ इडेलम्यान ट्रस्ट ब्यारोमिटर नामक सर्भेक्षणका क्रममा विश्वका विभिन्न देशका २७ हजार मानिसलाई सहभागी गराइएको थियो ।

त्यसक्रममा उनीहरुलाई मिडिया प्रतिको उनीहरुको लगाव तथा मिडियाको प्रयोगको बानीव्यहोराका विषयमा सोधिएको थियो ।

सर्भेक्षणले ६४ प्रतिशत मानिसहरुले अन्य समाचार मिडिया श्रोतहरु भन्दा गुगल जस्ता सर्च इन्जिनहरु विश्वासयोग्य ठानेको देखाएको छ ।

सर्भेक्षणले परम्परागत समाचार माध्यमहरुप्रतिको आम मानिसको विश्वास घट्दै गएको समेत देखाएको छ ।

सन् २०१४ मा ६५ प्रतिशत मानिसहरुले न्युज मिडियाहरुप्रति विश्वास रहेको बताएकामा यो वर्ष त्यो संख्या झरेर ६२ प्रतिशतमा पुगेको छ । अर्थात् समाचार मिडियाहरुप्रतिको मानिसहरुको विश्वास एक वर्षमा ३ प्रतिशतले घटेको पाइएको छ ।

खासगरी युवा तथा किशोरकिशोरीहरुमा परम्परागत न्युज मिडियाहरु प्रतिको विश्वास निकै कम पाइनुका साथै सर्च इन्जिनहरुप्रतिको विश्वास उच्च देखिएको छ ।

अध्ययनले अर्को के तथ्य पनि खुलासा गरिदिएको छ भने अहिले मानिसहरु कुनै खास समाचारका लागि कुनै एक श्रोतमा मात्र निर्भर हुँदैनन् । मानिसहरु आफ्नो रुचीको समाचारका विषयमा विभिन्न श्रोतहरुबाट जानकारी लिने र आफुले पढ्ने कुरा छनोट गर्ने गरेको पइएको छ ।

मानिसहरुले न्युज मिडियालाई भन्दा गुगलजस्ता सर्च इन्जिनहरुलाई बढि विश्वास गरेपनि सोसल मिडियालाई समाचारको भरपर्दो श्रोतको रुपमा नलिनेको संख्या भने उच्च पाइएको छ ।
अनलाइनखबरबाट

About The Author

Loading...

अन्य समाचारहरु: