Fri. Mar 29th, 2024

धादिङका ३२ वटा सरकारी कार्यलयमा सुचना अधिकारी तोकियो

suchana

 

९ माघ,धादिङ

धादिङ जिल्लामा रहेका सरकारी कार्यलयहरुमा औपचारिक रुपमा सुचना अधिकारी तोकिएका छन् ।

जिल्ला प्रशासन कार्यलय धादिङमा शुक्रबार एक कार्यक्रमको बीच प्रमुख सुचना आयुक्त कृष्णहरी बास्कोटाले सुचना अधिकारीको नाम लिष्ट भएको फ्लेक्स प्रिन्ट तानेर उद्घाटन गर्नुभयो । IMG_5012.psd

जिल्लाका सरकारी कार्यलयमा सुचना अधिकारी नतोकिएको विषयमा चौतर्फी आलोचना भईरहेको समयमा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको पहलमा सुचना आयुक्तहरुको सिफारिस गरिएको हो । कार्यलयका सम्बन्धित व्यक्तिहरुले सुचना दिन अनकनाउने र सुचना लुकाउने परिपाटीलाई मध्यनजर गर्दै हरेक सरकारी कार्यलयमा सुचना अधिकारी तोकिएको प्रजिअ घिमिरेको भनाई छ ।

सुचना अधिकारी तोकिसकेपछि अब प्रत्येक नागरिकहरुले सरकारी कार्यलयबाट प्रवाह भईरहेको सुचनाहरु सुचना अधिकारी मार्फत सजिलैसँग सुचना लिन सक्ने भएका छन् । जिल्लामा रहेका ३२ वटा कार्यलयले आज आ–आफ्नो कार्यलयबाट सुचना अधिकारीलाई सिफारिस गरेका छन् ।

तोकिएका सुचना अधिकारीहरुमा जिल्ला प्रशासन कार्यलयमा तोरण पराजुली, जिल्ला विकास समितिमा भोला गौतम, सबुज गण धादिङमा लाल बहादुर श्रेष्ठ, जिल्ला शिक्षा कार्यलयमा शोभाकर रेग्मी सिफारिस भएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: