Fri. Mar 29th, 2024

आजदेखि सरकार आफैले ग्यास बेच्ने

gas_1374639115

११ माघ, काठमाडौ
बजारमा ग्यासको कृत्रिम अभाव बढेपछि सरकार आफैले ग्यासको पसल सुरु गर्ने भएको छ ।

ग्यासको आपूति बढे पनि उपभोक्ताले सहज रुपमा प्राप्त गर्न नसकेपछि सरकार आफैले ग्यास बेच्ने निर्णय गरेको हो ।

एलपी ग्यास उद्योेग संघको सहयोगमा नेसनल टे«डिङ लिमिटेडले टेकुस्थित केन्द्रीय कार्यालयबाट आइतबारदेखि ग्यास पसल सुरु गर्ने सघका अध्यक्ष शिव घिमिरेले जानकारी दिएको छ ।

रामशाहपथ र टेकु गरी दुई ठाउँमा डिपो सञ्चालन गर्ने भनिए पनि तत्कालका लागि ट्रेडिङको केन्द्रीय कार्यालय टेकुबाट मात्र वितरण गरिने छ ।

मुलुकभरि ५५ ग्यास उद्योग रहेकोमा उपत्यकामा मात्रै करिब २० वटा ग्यास उद्योगहरु रहेका छन् । सुलभ पसलमा करिब २० वटा कम्पनीको ग्यास बिक्रि हुने संघले जनाएको छ । पसलमा कोसी, सगर, एभरेस्ट, ओम, राजधानी, लोकप्रिय, नेपाल लगायतका ग्यासहरु राखिने जनाएको छ । पसलबाट उपभोक्तालाई धेरै राहत मिल्ने निगमले दाबी गरेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: