Wed. Nov 29th, 2023

कर्मचारीलाई राजनीति नगर्न अर्थमन्त्रीको आग्रह

ramsaran mahat

१२  माघ काठमाडौ 
अर्थमन्त्री डा रामशरण महतले प्रशासन संयन्त्र बलियो बनाउन कर्मचारीहरु राजनीतिबाट टाढा रहनुपर्ने बताउनुभएको छ ।

सोमबार राजधानीमा आयोजित ६३ औं भन्सार दिवसको अवसरमा बोल्दै अर्थमन्त्री महतले कर्मचारीहरुलाई जनसेवाको सवालमा राजनीति नगर्न कर्मचारहिरुलाई निर्देशन दिनुभयो । मन्त्री महतले वर्तमान युग सूचनाको युग भएकाले प्रविधिको अधिकतम प्रयोगगरी चुस्त दुरुस्त प्रशासनलाई सबल बनाउन आग्रह गर्नुभयो ।

राजस्वको ५० प्रतिशत योगदान गर्ने भन्सार क्षेत्रलाई अझ बजबुत बनाउन लागी पर्ने उहाँको भनाइ थियो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले भन्सार सुधार कार्ययोजनाले भन्सारहरुमा एकरुपता ल्याउने विश्वास व्यक्त गर्दै अन्राष्ट्रियस्तरको भन्सार कार्यालय निर्माणमा जोड दिनुभएको थियो । ६३ औं भन्सार दिवसको अवसरमा पूर्व भन्सार महानिर्देशक लगायत विभिन्न कर्मचारीहरुलाई सम्मान गरीएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: