Mon. Jun 24th, 2024

व्यवसायीक रुपमा च्याउ खेती गर्न युवाहरुको प्रतिबद्धता

chau tra

धादिङ
युवा लक्षित तीन दिने च्याउ खेतीे तालिम लिएर व्यावसायीक रुपमा नै च्याउ खेती गर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

युवाहरुलाई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने र आर्थिक उन्नती गराउनको लागि दिइएको तालिममा सहभागीहरु २० युवाहरुले तालिमबाट सिकेको कुराहरु आफ्नो गाउँघरमा पनि सिकाउने र च्याउ खेतीलाई नै निरन्तरता दिने बताएका हुन् ।

घरमा सामान्य रुपमा च्याउ खेती गर्दै आइरहेका गोगनगानी – ३ का माइला आले मगरले च्याउ खेती तालिम मार्फत सिकेका कुराहरुलाई सहि सदुपयोग गरी व्यवहारमा उतार्ने बताए ।

जिल्ला कृषि विकास कार्यलय धादिङले दिएको तालिममा धादिङ जिल्लाको गोगानपानी, सल्यानटार, ज्यामरुङ लगायतका गाँउ विकास समितिका युवा कृषकहरुको सहभागीता रहेको थियो ।

सामान्य रुपमा च्याउ खेती गर्दा भनेको जस्तो आम्दानी नहुने र कुन तरीका अपनाएर खेती गर्ने भन्ने कुरा थाहा नहुदा अन्योल भइरहेको अवस्थामा यस्तो तालिमले थप टेवा मिल्ने सहभागीहरुको धारणा छ ।

तालिममा च्याउ खेती कसरी गर्नु पर्छ र कस्तो च्याउ कसरी बनाउन भन्ने तरिकाका बारेमा सैैद्धान्तिक र प्रयोगात्मक रुपमा नै सहभागीहरुलाई सिकाइएको थियो । स्वदेशमा नै थोरै समयमा धेरै आर्थिक उन्नती गर्न सक्ने हुनाले तालिम आयोजना गरिएको कृषि विकास कार्यलय धादिङले बताएको छ ।

 

 

 

About The Author

Loading...

अन्य समाचारहरु: