सुन्दरादेवी सन्देश साप्ताहिकले आगामी बैशाख ११ गते “प्रथम सुन्दरादेवी वाग्मती अञ्चल स्तरीय लोक दोहोरी अवार्ड” घोषणा गरेको छ । अर्वाड कार्यको घोषणा सुन्दरादेवी सन्देश साप्ताहिक र प्रकाशक किरण अधिकारीले घोषणा गरेका हुन् । संचार क्षेत्रबाट मोफसलमा पहिलो वाग्मती अंचल स्तरीय लोक दोहोरी अवार्डको घोषणा गरिएको हो । अवार्ड कार्यक्रमका विषयमा अवार्ड कार्यक्रमका मुख्य आयोजक संस्था सुन्दरादेवी सन्देश साप्ताहिकसँग पाविल न्युज डट कमका कार्यकारी सम्पादक सरिता श्रेष्ठले गरेको कुराकानी : –
“प्रथम सुन्दरादेवी वाग्मती अञ्चल स्तरीय लोक दोहोरी अवार्ड” घोषणा गर्नुको मुख्य उद्देश्य ?
विदुर नेपाली लोक संगीतको विकास, विस्तार संरक्षण र सम्वद्र्धनको साथै लोक कलाकारको हौसला बढाउने मुख्य उद्देश्यले लोक दोहोरी अवार्ड कार्यक्रमको आयोजना गरेका हौँ । “नेपाली लोक संगित हाम्रो पहिचान” संचार संस्थाबाट कलाकार सम्मान गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ कार्यक्रम गर्न लागेका छौँ । विभिन्न कारणहरुले कलाकार यस क्षेत्रबाट पलायन हुने अवस्था रहेको छ । कलाकारहरुलाई अवार्ड मार्फत खुसी, उत्साह जगाउन यो अवार्डको आयोजना गरका हौँ ।
अवार्डको तयारी कस्तो हुदैछ ?
अवार्डको तयारी शुरु भईसकेको छ । अवार्डका विषयमा हामीले पत्रकार सम्मेलन मार्फत जानकारी गराइसकेका छौँ । विभिन्न संघसंस्था सञ्चारमाध्यमहरुसँग समन्वय र सहकार्य गर्ने कार्य भइरहेको छ । अवार्ड २०७२ बैशाख ११ नुवाकोटमा एक भव्य र सभ्य समारोह विच सम्पन्न हुने छ । अवार्ड गर्न सात सदस्यीय समिति गठन गरिएको छ । जसमा अध्यक्ष किरण प्रसाद अधिकारी, सदस्य सचिव राज न्यौपाने, कार्यक्रम संयोजक अनिता अधिकारी, सदस्यहरुमा शैलेश शाही, प्रलाहद के.सी., चन्द्रलाल तमाङ र विष्णु क्षेत्री हुनुहुन्छ । यसैगरी लोक दोहोरी क्षेत्रका, चलचित्र क्षेत्रका हस्तीहरु सम्मिलित सल्लाहकार समिति पनि बनाएका छौँ । अहिले चाहिँ हामी प्रचारप्रसारकै क्रममा छौँ ।
कति विधामा अवार्ड वितरण गरिनेछ ?
अवार्ड १२ विधामा वितरण गरिनेछ । जसमा उत्कृष्ट लोक गायक, उत्कृष्ट लोक गायिका, उत्कृष्ट नव प्रतिभा (केटा), उत्कृष्ट नव प्रतिभा (केटी) उत्कृष्ट म्युजिक भिडियो मोडल (केटा) उत्कृष्ट म्युजिक भिडियो मोडल (केटी) उत्कृष्ट म्युजिक भिडियो निर्देशक, उत्ृकष्ट लोक दोहोरी संगितकार, उत्कृष्ट लोकदोहोरी शब्द संकलन, उत्कृष्ट एरेन्जर अवार्ड, पब्लिक च्वाइस अवार्ड रहेको छन् । त्यसैगरी उत्कृष्ट लाइफ टाइम एचिभ्मेन्ट अवार्ड १ जनालाई प्रदान गरिने छ । यसैगरि अवार्ड हुने दिन नुवाकोट जिल्लामा जन्मिएर लोक संगित क्षेत्रमा रहेर अहोरात्र योगदान पु¥याउने तीन जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
नुवाकोटमा नै गर्नुको कारण ?
काठमाण्डौँमा भएको केन्द्रिय अवार्ड छोडेर वाग्मती अञ्चल स्तरीय यो पहिलो अवार्ड हो । वाग्मती अञ्चलको श्रव्य सर्जकको खोजी हो । त्यसमाथी नुवाकोट एउटा ऐतिहासिक जिल्ला हो । त्यसैले ऐतिहासिक स्थान ऐतिहासिक कार्य थालनी गरौँ भनेर ।
सफल हुन्छ त ? कतिको विश्वस्त हुनुहुन्छ ?
म अत्यन्त विश्वस्त छु । यो अवार्ड सफल हुन्छ । कार्यक्रमको सह–आयोजकको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान वाग्मती अंचल समिति र नुवाकोट जिल्ला समिति रहेकाले पनि सफल हुनेमा विश्वस्त छौँ ।
एउटा साप्ताहिक पत्रिकाले यति ठुलो काम आँटेको छ ? कसरी ?
असम्भव भन्ने चिज केही पनि हूँदैन । आँट गर्नुपर्छ पुग्छ । किनकी सुन्दरादेवी सन्देशको आयोजनामा यस भन्दा अगाडी पनि दुईवटा भव्य कार्यक्रम सम्पन्न भईसकेको छ । त्यसैगरी सुन्दरादेवी सन्देशको साथमा तपाईहरु जस्ता लगनशिन साथीहरु हुनुहुन्छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान गलनशिल साथीहरु हुनुहुन्छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान छ । त्यसैले ढुक्क छौँ । सहयोगी हातहरु अगाडी आईसक्नु भएको छ । हामीले स्लोगन पनि तयार गरिसकेका छौँ । नेपाली लोक संगित हाम्रो पहिचान, संचार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान रहेको छ ।
कहिले देखि फर्म खुल्छ ?
फर्म हामीले यस भन्दा अगाडी पनि भनेको छौँ । माघ १५ देखि हामी फर्म खुल्ला गर्छौै ।
यो अवार्डको दायरापनि बनाउनु भएको होला ?
पक्कै छ दायरा । यो अवार्डमा भाग लिन वाग्मती अञ्चल भित्र जन्मनु भएका र जसले वाग्मती अञ्चल भित्रको नागरिकता लिनु भएको छ । उहाँहरुले भाग लिन पाउनुहुन्छ ।
सुन्दरादेवीले प्रकाशन देखि नै लोक संगितलाई प्रथमिकता दिनाका कारण चाहिँ ?
“नेपाली लोक संगित हाम्रो पहिचान” लोक संगित हाम्रो चिनारी हो । लोक संगितलाई उजागर गर्नु हाम्रो कर्तव्य पनि हो । त्यस माथि पनि म आफै लोग गीत संगीतका सष्ट्रा परेकोले यसैलाई प्राथमिकतामा राखेको छु । दिनप्रतिदिन यस क्षेत्रमा नयाँ नयाँ कलाकारहरुको आगमन भइरहेको उनीहरुलाई पनि स्थान दिनुपर्छ भन्ने हेतु हो हाम्रो ।