Mon. Apr 29th, 2024

निजी अस्पतालले दिन थाले असहायको निःशुल्क उपचार

doctor

 ३ पुस, काठमाडौँ –

निजी अस्पतालले गरिब तथा विपन्न नागरिकहरूलाई निःशुल्क उपचार गर्न थालेका छन् । सरकारले पुस १ गतेबाट गरिब तथा विपन्न नागरिकहरूका लागि निःशुल्क उपचार गर्न निजी अस्पतालहरूलाई निर्देशन दिएपछि अस्पतालले उक्त सेवा दिन थालेका हुन् ।

निजी अस्पतालमा कुल शय्या तथा सम्पूर्ण उपचारको १० प्रतिशत गरिब तथा विपन्न नेपालीको स्वास्थ्यका लागि छुट्याउनैपर्ने हुन्छ । यसअघि निजी अस्पतालले गरिबका लागि १० प्रतिशत छुट्याउने गरेका थिएनन् ।

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल ९अफिन० का वरिष्ठ उपाध्यक्ष तथा अल्का अस्पतालका प्रमुख कुमार थापाले निजी अस्पतालले गरिब बिरामीका लागि १० प्रतिशत कोटा छुट्याई उपचार गर्न थालिसकेको जानकारी दिए । गोरखापत्र दैनिकबाट

२०७३ पुस ३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: