Sun. Sep 8th, 2024

लाइफ ज्याकेट पाएपछि चेपाङ विद्यार्थी मख्ख

67551bb62c988851cb8f58b3a2744d0b_L

१५ माघ , धादिङ
ट्युवको सहायताले त्रिशुली नदी वारपार गर्ने चेपाङ विद्याथीहरुलाई लाइफ ज्याकेट सहयोग गरिएको छ । अमेरिका निवासी महालक्ष्मी महतले दुई जना चेपाङ छात्राहरुलाई लाइफ ज्याकेट सहयोग गरेको हो ।

बिहीबार त्रिशुली नदि किनारामा नै एक कार्यक्रमको आयोजना गरी चेपाङ विद्यार्थी राममाया चेपाङ र सरिता चेपाङलाई प्रदान गरेको हो । त्रिशुली नदि पार गर्दा हुने जोखिम कम हुने भन्दै लाइफ ज्याकेट पाएपछि राममाया चेपाङले खुसी व्यक्त गरे ।

ट्युवमा बसेर नदी पार गर्दै आउनु पर्दा दुर्घटनाको खतरा बढ्ने भएपछि लाइफ ज्याकेट प्रदान गरिएको महतको भनाई छ ।  गोरखाको भुम्लिचोक  गाँउ विकास समिति वडा नं ८ बाट धादिङको जोगीमारामा रहेको  शंखादेवी उच्च माध्यमिक विद्यालय पढ्न भनेर सधैँ जस्तो ट्युवको मद्दतले त्रिशुली नदी तरेर आउने गर्दछ । कक्षा ६ मा पढ्दै गरेका दुई छात्रा ज्यानको माया नगरेर विद्यालय पढ्न आउने गरेका छन् ।

About The Author

अन्य समाचारहरु: