Mon. Apr 29th, 2024

गोगनपानी गाविस पूर्ण खोपयुक्त गाविस घोषित

goganpani-gabisa
४ पुस,  धादिङ –

धादिङको गोगनपानी गाँउ विकास समितिलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ ।

‘ गोगनपानीलाई पूर्ण खोपको सुनिश्चितता यहि छ हाम्रो प्रतिबद्धता ‘ भन्ने नाराको साथ गोगनपानीमा एक कार्यक्रमको आयोजना गरि पूर्ण खोप गाविस घोषणा गरिएको हो ।

गोगनपानी स्वास्थ्य चौकी,  गाविस र गोगनपानी स्वास्थ्य चौकी व्यवस्थापनको संयूक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

गोगनपानी गाविसलाई जिल्लाको १५ औँ पूर्ण खोप गाविसको रुपमा घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत शरद आचार्यले जानकारी दिए । यस अघि साविकको मुरलीभन्ज्याङ, मैदि र ढोला, सल्यानकोट, मुलपानी, फूलखर्क लगायतका गाविसहरु पूर्ण खोप गाविस घोषणा भैसकेका छन् ।

१२ महिना देखि २३ महिना सम्मका सबै बालबालिका र एक बर्ष उमेर भएका बालबालिकाले पूर्ण खोप पाएको घोषणा गरिएसँगै गाविसलाई पुर्ण खोप गाविस घोषणा गरिएको हो ।

नेपाल सरकारको राष्ट्रिय कार्यक्रम २०१७ सम्म नेपाललाई पूर्ण खोपयूक्त देश वनाउने अभियानका साथ धादिङका विभिन्न गाविसलाई खोपयुक्त घोषणा गरिएको हो ।

२०७३ पुस ४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: