Wed. Apr 23rd, 2025

छत्कुलीलाई आईजीपीको लोप्पा

काठमाडौं 

मिडियासँग सेटिङ मिलाउने काम गर्दै आएका सशस्त्र प्रहरीका डिएसपी अजय छत्कुलीलाई सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले लोप्पा खुवाइदिएका छन् ।

एसपी बढुवामा छतकुलीभन्दा जुनियरहरु परेका छन् भने उनलाई छुटाइएको छ । वन्तले आर्थिक लेनदेनका आधारमा बढुवा गरेकाले छतकुली छुटेको चर्चा हलचोकमा छ ।
त्यसो त वन्त आईजीपी भएलगत्तै उनले छतकुलीलाई समाचार शाखाबाट हटाएका थिए । तर केही पत्रकारहरुले भनसुन गरेर उनको त्यही थमौती भएको थियो । आईजीपीको विरुद्ध समाचार प्रकाशित हुँदा उनै छतकुली दौडिएर समाचार रोकाउँदै आएका थिए । तर छतकुली नै बढुवामा छुटेपछि वन्तसँग रुष्ट भएका छन् । उनी डिएसपी भएको ८ वर्ष भइसकेको छ । गत पुस १९ गते सशस्त्रमा डिएसपीबाट एसपीमा बढुवा भएको थियो ।

बढुवा हुनेहरुमा जय बहादुर खड्का, प्रकाश श्रेष्ठ, रमेश सुवेदी, नेत्र खत्री, सुदेश गुरुङ, शान्ति कार्की, श्याम कोइराला, बेनु पाठक, प्रकाश शाह, अर्जुन थापा, तुलसी क्षेत्री र दिप्ता लामा बढुवा भएका थिए । उक्त बढुवामा आर्थिक चलखेल भएको चर्चा सशस्त्र प्रहरीमा छ । बुधबार सशस्त्रमा इन्सपेक्टरबाट डिएसपीमा समेत बढुवा भएको छ ।
यूनाइटेड पोष्टबाट

About The Author

अन्य समाचारहरु: