Sun. Sep 8th, 2024

बालिका बेच्न खोज्ने थुनामा

१५ माघ, धादिङ
दुई जना बालिकाहरुलाई ललाइ फकाइ विक्रि गर्न लागेको भन्ने आरोमा पक्राउ परेकी धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ घिमिरेकी ३७ वर्षीया ठूलीकाली गुरुङलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

नौबिसे गाविसकी दुई बालिकालाई विहे गराउन केटा हेर्न भन्दै ललाइ फकाइ घरबाट लगेर विक्रि गर्न खोजेको आरोपमा अभियुक्त गुरुङ यही पुस २२ गते नौबिसे स्थित टायलघरबाट पक्राउ परेकी थिइन् । विक्रि गर्न लान लागेको हुनसक्ने खबर पीडित पक्षले प्रहरीलाई गरेपछि इलाका प्रहरी कार्यालय खानीखोलाले अभियुक्त गुरुङलाई पक्राउ गरेको थियो ।

पीडित पक्षले विक्रिका लागि लैजान लागेकोे पुस २३ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । प्रहरीले अनुसन्धानपछि आज जिल्ला अदालतमा पेश गर्दा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो । पीडित र पीडक पक्ष नौबिसे आसपासका क्षेत्रमा खुद्रा व्यापार गर्दै आएका थिए ।

About The Author

अन्य समाचारहरु: