Sat. May 18th, 2024

विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइदै

sahid

१६ माघ धादिङ
आज सहिद दिवस देशको लागि आफ्नो प्राणको आहुति दिने अमर सहिदहरुको सम्झना गर्दै मनाइदैछ ।

जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदप्रति भावपूर्ण श्रद्धा र सम्मान अर्पण गर्दै सहिदको सम्झनामा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइने गर्दछ ।

यो दिवसमा खासगरी राणा शासन विरुद्धको आन्दोलनमा ज्यानको बाजी लगाएका अमर सहिदहरु धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्द ठकुरीको योगदानको स्मरण गरिन्छ ।

वि सं १९९७ माघ १० गते निरङकुश राणाशासन विरुद्ध्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई राजनैतिक अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रुखमा झुण्ड्याएर हत्या गरिएको थियो । त्यसको दुई दिनपछि माघ १३ गते सिफलमा धर्मभक्तलाई झुण्ड्याएको थियो भने माघ १५ गते दशरथ चन्द र गङगालाललाई शोभाभगवतीमा गोली हानी राणाहरुले हत्या गरेका थिए ।

उनीहरुले हाँसीहाँसी देश र जनताका लागि देखाएको त्याग राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । पछिल्लो कालखण्डमा निरङकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रका विरुद्धका अहिंसात्मक तथा शान्तिपूर्र्ण प्रजातान्त्रिक आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्झना तथा सम्मान यसै दिवसमा गरिन्छ ।

 

 

About The Author

Loading...

अन्य समाचारहरु: