Mon. Apr 29th, 2024

बेनिघाटको गाविसको विकासका लागि २ करोड १५ लाख विनियोजित

case
६ पुस,  धादिङ –

आर्थिक वर्ष २०७४/ ७५ का लागि २ करोड १५ लाख ३० हजार विनियोजित गर्दै धादिङको बेनिघाट गाउँ विकास समितिको २४ औँ गाउँ परिषद् सकिएको छ ।

बुधबार सम्पन्न गाउँ परिषद्ले चालु तर्फ १३ लाख २५ हजार, सामाजिक सुरक्षा तर्फ १ करोड २० लाख र योजना वितरण तर्फ ७९ लाख ६० हजार विनियोजित गरिएको हो ।

बेनिघाट गाउँ विकास समितिका सचिव चुणामणि पुरीको अध्यक्षतामा भएको परिषद्ले महिलातर्फ ८ लाख, बालबालिकातर्फ १२ लाख, कृषिमा १३ लाख ५० हजार, खानेपानीमा १९ लाख र अन्य पूर्वाधारमा १५ लाख छुट्टाइएको सचिव पुरीले जानकारी दिए ।
२०७३ पुस ६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: