Thu. Jul 18th, 2024

पांच ऐतिहासिक अगुवाहरु

मुरारी शर्मा

Murari Sharma
निष्पक्षताको धरातलमा उभिएर मूल्यांकन गर्दा र सिर्जनात्मक क्रियाशिलताको मापदण्डमा नाप्दा आधुनिक नेपालका पाँच व्यक्ति ऐतिहासिक महत्व दिनु पर्ने खालका राजनीतिक अगुवा देखिए । ती हुन् – विश्वेश्वर, महेन्द्र, पुष्पलाल, मदन भण्डारी र पुष्पकमल ।

हुनत विपक्षीबाट मात्र नभएर स्वतन्त्र विश्लेषकहरुबाट पनि उनीहरुको कमी कमजोरीको पर्दाफास नभएको होइन, तर पनि सिर्जनात्मक क्रियाशीलताको महत्वलाई ध्यानमा राख्दा उनीहरुलाई ऐतिहासिक महत्व दिनु वाञ्छनीय हुन आएको हो ।

bp_koirala1
विश्वेश्वर

विश्वेश्वर

राणा शासन ढाल्ने क्रान्तिका अगुवा , महान प्रजातन्त्रवादी , बहुआयामिक प्रतिभाका धनी र कुशल नेतृत्वकर्ता हुँदां हुँदै पनि तत्कालीन कम्युनिष्ट अधिनायकवादको भूत देखी तर्सेर नेपालको राजालाई बेलायतकी महारानी ठानेर अंगालो मार्न जाने भूल आजीवन गरिरहे वि.पि. ले । संविधानमा संवैधानिक लेख्ने वित्तिकै निरड्ढुश राजाको शक्ति, आट र स्वाभाव एकै चोटी बेलायतकी महारानीको जस्तै भइहाल्छ भनी ठाने उनले ।

उपर्युक्त भूतदेखी तर्सिएका वि.पि.ले तत्कालीन सोभियतसंघ परस्त भएको कारण नेहरुलाई समेत कम्युनिष्ट जस्तो ठानेर आफु सत्तामा रह्ंदा कूटनीतीक सम्बन्ध विस्तारमा उदासीन रहे । उपर्युक्त भूत लागेकै कारण प्रजातन्त्र पुन स्थापनाको आन्दोलनमा सहकार्य गर्ने पुष्पलालको सदासयतालाई नजरअन्दाज गरे । त्यति मात्र होइन, जनमत सग्रहमा कम्युनिष्टले उठाएको अन्तरिम सरकार आदि अत्यन्त महत्वपूर्ण माग प्रति ऐक्यवध्दता नजनाएर मनपर्दी सित पंचको सरकारलाई धांदली गर्ने अवसर दिएर अप्रत्यक्ष रुपमा राजाको अधिनायकवादलाई सघाए विपिले ।

महेन्द्र
महेन्द्र

महेन्द्र

अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार देखी लिएर विकास निर्माणको पूर्वाधार तयार गर्ने कुरामा महेन्द्रको योगदानलाई बिर्सन मिल्दैन । धूत्र्याइको बलमा खोलेटोले व्यवस्था नै किन नहोस जन्माइकन हुर्काउन सक्ने सिर्जनात्मक क्रियाशीलताले गर्दा उनलाई ऐतिहासिक महत्व दिनु परेको हो । ऐतिहासिक महत्व दिदैमा असल र माहान भन्न खोजिएको अर्थ नलागोस । किनभने आज सम्मको राजा महाराजाको इतिहास असलले भन्दा खराबले भरिएको छ ।

पुष्पलाल
पुष्पलाल

पुष्पलाल

कम्युनिष्ट कुन चराको नाम  हो ? थाहा नपाएका नेपालीलाई लेखेर, बोलेर र संगठन गरेर बुझाउने पहिलो व्यक्तिको रुपमा जसदिनु उचित हुन्छ पुष्पलाललाई ।  प्रजातन्त्र पुनस्थापनाको आन्दोलनमा कांग्रस कँम्युनिष्टको सहकार्यलाई अपरिहार्य ठान्ने पुष्पलालको रणनितिक कुशलताको प्रमाण ०४६ सालले पेश ग¥यो ।
सत्ता हत्याउन नपाउंदै बितेका आन्दोलनकारी इतिहासमा कमै आलोचित हुन्थे । लकिरका फकिरहरुको बोलबाला भएको तत्कालिन परिवेशमा मोहन विक्र्रमर्को गद्दार पुष्पलाल’ को गालीलाई पनी धेरैले पचाए ।

मदन भण्डारी
मदन भण्डारी

मदन भण्डारी

मि. गोर्भाचोमको खुल्ला पन र पुनर्सरचनाको अवधारणाबाट प्रभावित भएर ल्याएको जवजको कार्यक्रम भन्दा पनि माहान काम तत्कालीन नेपालको परिवेशमा राजा र जडसुत्रवादीलाई हांक दिनु थियो, जुन भण्डारीले गरेर देखाए । यसो भनिरहनुको औचित्यलाई कसरी सिद्ध गर्न सकिन्छ भने– कुनै गाँउको प्रधानपञ्चलाई मननपरेको व्यक्ति प्रहरी हिरासतमा यातना पुर्वक महिनौ दिन बस्न विवश हुनेबेलामा संविधान भन्दा माथिका श्री ५ महाराज धिराज लाई श्रीपेज फुकालेर मसँग चुनावी प्रतिस्पर्धा गर्न आऊ भन्नु चानचुने विषय थिएन ।

त्यसरीनै सर्वहारा साँस्कृतिक क्रान्तीको विश्वस्तरमा राप–ताप नहराउदैँ सिर्जनात्मक प्रयोगको बहानामा कम्युनिष्ट सिद्दान्तलाई संसोधन गर्ने आंट ख्याल ख्यालको होईन, मदन भण्डारीको ।

Prachanda
पुष्पकमल दाहाल

पुष्पकमल दाहाल

राजतन्त्रको शक्तिसन्तुलन तात्विक रुपमा फरक नपर्नु, दलहरु बलियो हुने दौडमा एक आर्कोलाई उछिन्न जनशतिm भन्दा राजाको शक्ति सापट लिन सजिलो ठानेर राजा परस्त हुदैं जानु र जनताको आर्थिक जीवनमा कुनै परिवर्तन नआउनुले दहाललाई जनयुध्दको नेतृत्वगर्न वस्तुगत परिस्थिति परिपक्क एवं अनुकुल लाग्यो ।

पुनस्थापित प्रजातन्त्र कलिलै भएकोले हुर्केपछि केही होला भन्ने आसामा अधिकांश जनता रहेकाले ज्यानै मायामार्ने खालको मनोगत परिस्थिति तयार भएको थिएन । वस्तुगत र मनोगत दुबै परिस्थिति अनुकूल नभएको अवस्थामा युध्दमा होमिनु हचुवा कदम र दुस्साहस दुबै ठहर्छ । तैपनि आंशिक सफलता हातलागेकाले दाहाललाई ऐतिहासिक पुरुषको रुपमा महत्व दिनै पर्छ । स्मरण रहोस कि आशिंक सफलताको अर्थ गणतन्त्र  प्राप्तीमा जतिसुकै कारणको समजोड भएपनि जनयुध्दलाई जस दिन अपवादलाई छाडेर धेरै थरीले कञ्जुस्याई नगर्नु हो । पछिल्ला दिनमा हचुवागिरी कदम दोहोरिदै जादा आंशिक सफलता पनि हात नलागिसकेको कथा भनिरहन नपर्ला ।

About The Author

Loading...