Sun. Jun 16th, 2024

एमाले नेता नेपाल अन्तर्राष्ट्रिय पदकबाट सम्मानित

madhavkumar_nepal_333942360

काठमाडौं

नेकपा (एमाले)का नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल शनिबार युनिभर्सल पिस फेडरेसनको फिलिपिन्समा जारी एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा ‘लिडरशिप तथा गुड गभर्नेन्स अवार्ड’बाट सम्मानित भएका छन् ।

फिलिपिन्सको मनिलामा आयोजित ‘एसिया प्यासिफिक क्षेत्र, शान्ति, सुशासन र मानव विकासतर्फ’भन्ने मुख्य नाराकासाथ आयोजित उक्त सम्मेलनको उद्घाटनसत्रमा पूर्वप्रधानमन्त्री नेपाललाई सम्मानित गरिएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
सो अवसरमा नेता नेपालले एसिया प्यासिफिक क्षेत्रमा दिगो शान्ति र विकासका नयाँ आयाम विषयमा मन्तव्य दिदै आफूले प्रधानमन्त्री रहँदा र अहिलेको भूमिकामा पनि मुलुकको दिगो शान्ति, सामाजिक विकास, न्याय र रुपान्तरणका लागि कार्य गरिरहेको बताए ।

नेता नेपालले पूर्व विद्रोही एमाओवादीलाई शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा ल्याउने कार्य अझै पूर्ण नभएको भन्दै नयाँ संविधान निर्माण कार्यमा सबै पक्षको साथ रहेमा मुलुकमा दिगो शान्ति हुने धारणा राखे । रासस

About The Author

Loading...

अन्य समाचारहरु: