Mon. Apr 29th, 2024

एमालेले संघियता खतम पार्न खोज्यो : बादल

badal-2

२४ पुस,  धादिङ –

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले नेकपा एमाले राष्ट्रियताको आडमा सडकमा ओर्लिएर संघियता खतम पार्न खोजेको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्र धादिङको चौथो जिल्ला सम्मेलन उद्घाटन गर्दै बालदले भने– ‘अहिले जति आयो यो बलजफ्ती आएको हो ।’

अहिले राष्ट्रियताको नाममा सडकमा ओर्लिनु संघियता र संविधान कार्यान्वयनलाई तगारो हाल्न खोजेको भन्दै संघियता उनीहरुको एजेन्डा नभएको औल्याए । दलित, जनजाती, महिला, मुस्लिम, सिमान्तकृत समुदायको हकअधिकार सुनिश्चितताको लागि माओवादीले उठाएको एजेण्डा भएको बादलले स्पष्ट पारे ।

   कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता बादलले देशमा परिवर्तनको लागि माओवादीमा एकता अपरिहार्य रहेको बताएका छन् । माओवादीमा देखिएको फुट र भागबण्डाले जनता अन्यौतमा परेकोले सबै माओवादी एउटै हुनु आवश्यक रहेको बताए ।

जनयुद्धबाट आएको माओवादी र त्यसका नेता–कार्यकर्ता अहिले विभिन्न समूहमा विभाजित हुँदा जनता अलमलमा छन् । उनले भने– ‘माओवादीमा अहिले एकता अपरिहार्य आवश्यकता हो ।’ एकता विना देशमा कुनै काम सम्भव नभएको उनले दावी गरे ।

   विभिन्न समूहमा विभाजित कम्युनिष्ट घटकहरुलाई एकिकृत गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा एनेकपा माओवादी केन्द्र अघि बढेको बताए । नेता बादलले संघियता, संविधान कार्यान्वयन र नेपाललाई विकसित ढंगले अघि बढाउन अझै नेपालमा रहेका राजनीतिक पार्टीहरुबीच सहमति र सहकार्य आवश्यक रहेको औल्याए ।

२०७३ पुस २४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: