काठमाडौं
असोजमा लिइँदै आएको कोरियाली भाषा परीक्षा अबदेखि असार पहिलो साता सञ्चालन गरिने भएको छ ।
दसैंको मुखमा परीक्षा सञ्चालन गर्दा व्यवस्थापन गर्न कठिन हुने र राजधानीमा रहेकाहरु समेत दसैंका लागि धमाधम घर फकिर्ने हुनाले परीक्षा असार महिनामा सारिएको हो । यसले ६० हजारभन्दा बढी परीक्षार्थीलाई यातायात व्यवस्थापन गर्न कठिन हुने भएकाले नेपालले परीक्षा तालिका परिवर्तन गर्न कोरिया सरकारसँग प्रस्ताव गरेको हो ।
नेपालको प्रस्तावमा कोरियाले सहमति दिइसकेको छ । ईपीएस कोरिया शाखाका अनुसार असार पहिलो साताभित्र परीक्षा सञ्चालन गर्ने निर्र्णय भइसके पनि मिति भने निक्र्योल हुन बाँकी छ । असारमा परीक्षा आयोजना गर्न वैशाखमै आवेदन फारम भर्ने व्यवस्था हुनेछ ।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले आगामी भाषा परीक्षा असार पहिलो साताभित्र सम्पन्न गरिसक्ने गरी तयारी भएको जानकारी दिए ।