Fri. Jul 19th, 2024

सनराइज बैंकका सुरक्षा गार्ड बानियाँको घाँटी रेटी हत्या

२० माघ, उदयपुर
उदयपुरमा रहेको सनराइज बैंकको शाखा कार्यालयका सुरक्षा गार्ड खेम बानियाँको अज्ञात व्यक्तिले घाँटी रेटेर हत्या गरेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका ११ मा रहेको बैक लुट्ने प्रयास स्वरुप ५१ वर्षीया बानियाँको हत्या गरेका हुन् । सोमबार रातीको समय पारेर बैक लुट्ने प्रयास स्वरुप उनको हत्या गरिएको हुन सक्ने प्रहरी निरीक्षक डिल्ली चौहानले जानकारी दिए ।

उदयपुर सिमेन्ट कारखाना परिसरमा रहेको उक्त बैंकमा रातिको समयमा लुटेरा समूहले वैंक लुट्ने प्रयास स्वरुप बैंकको सुरक्षागार्ड बानियाँको हत्या गरेको हुन सक्ने भन्दै प्रहरी अनुसन्धानले जनाएको छ ।

बैंकका सुरक्षा गार्ड बानियाँ त्रियुगा नगरपालिका–८ निवासी हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी टेकबहादुर गुरुङको नेतृत्वको प्रहरी टोलीले अनुसन्धान अघि बढाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: