Fri. Dec 6th, 2024

प्रेस चौतारीको स्थापना दिवसको अवसरमा फलफूल तथा ब्राल्याङकेट वितरण

२२ माघ, धादिङ

प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले जिल्ला अस्पताल धादिङबेसीमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।

chautari 1

प्रेस चौतारी नेपालको १७ औ स्थापना दिवसको अवसर पारेर धादिङ समितिले जिल्ला अस्पताल धादिङमा बिरामी भएर भर्ना भएका नीलकण्ठ – १२ का समशेर रम्तेल, नीलकण्ठ – ११ का भगवती गुरुङ, नीलकण्ठ – ३ बिराज अधिकारी, मैदी – ९ का चिन कुमार श्रेष्ठ मैदी – ६ का हिरा नेपाली, मैदी – २ का कृष्ण नेपाली र धुवाँकोट – २ का अमृत तामाङ गरी ७ जनालाई दुध र फलफूल वितरण गरेको हो ।

chautari 2

दिवसकै अवसरमा जिल्ला अस्पताल धादिङलाई दुई वटा ब्राल्याङकेट पनि प्रदान गरिएको छ । अस्पतालमा सुत्केरी गराउन आएका महिलाहरुलाई आराम गर्न सहज होस् भन्ने उद्देश्यले ब्राल्याङकेट प्रदान गरिएको प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङका अध्यक्ष नारायण चन्द्र सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला अस्पताल धादिङका व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नन्दलाल रिजाल, प्रेस चौतारी नेपालका बाग्मती अञ्चल इन्चार्ज केशव अधिकारी, प्रेस चौतारी धादिङका पूर्व अध्यक्ष सीताराम अधिकारी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, निवर्तमान अध्यक्ष सीतारामप्रसाद्ध बर्मा लगायत जिल्ला रहेका संचारमाध्यममा कार्यरत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले हरेक वर्ष स्थापना दिवसको अवसरमा नयाँ नयाँ रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ । भने पत्रकारको हक हित तथा अधिकारका विषयमा पनि विभिन्न कार्यक्रमहरु गरिरहेको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारीले देशैभर विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

About The Author

अन्य समाचारहरु: