Fri. Oct 11th, 2024

यस वर्षको हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कोइरालालाई

Untitled-1 copy
२२ माघ,  काठमाडौँ

यस वर्षको हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तीर्थ कोइरालालाई प्रदान गरिने भएको छ । प्रेस चौतारी नेपालको १७ औँ स्थापना दिवसको अवसरमा उक्त पुरस्कारको घोषणा गरिएको हो ।

त्यस्तै अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार गोविन्द पोखरेल, वीरेन्द्र साह युवा क्रियाशील पत्रकारिता पुरस्कार युवा पत्रकार छेटु शेर्पा र डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार रोल्पमा क्रियाशील पत्रकार महिला ईश्वरी जिएमलाई प्रदान गरिने भएको हो ।

प्रधान  वि. स.२०४० सालमा रातो युगधारा साप्ताहिकबाट जनपक्षीय धारको पत्रकारिता पेशा रोज्नुभएका वरिष्ठ पत्रकार कोइरालाले पञ्चायत व्यवस्था विरुद्ध कलम चलाउँदै आफ्नो साहसी भूमिका प्रदर्शन गर्नुभएको थियो । हाल कान्तिपुर टेलिभिजनको समाचार प्रमुख रहनुभएका उहाँ कान्तिपुर राष्ट्रिय दैनिकको प्रकाशनकाल देखि नै उक्त संस्थामा आवद्ध हुनुहुन्छ । उहाँले कान्तिपुर दैनिकको प्रमुख संवाददाताको जिम्मेवारीबाट सो संस्थामा प्रवेश गर्नुभएको हो । वातावरण पत्रकार समूहको अध्यक्ष रहिसक्नुभएका कोइरालाले नेपाल टेलिभिजन, सञ्चालक समितिमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । उहाँले केही समय सगरमाथा राष्ट्रिय दैनिकको सम्पादन पनि गर्नुभयो ।

त्यस्तै पत्रकार गोविन्द पोखरेल पञ्चायतलकादेखि नै जनपक्षीय पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा सरिक हुनुभएका पोखरेलले २०४२ सालमा लुम्बिनी दैनिकबाट पत्रकारिता पेशा शुरु गर्नुभएको हो । उहाँले दृष्टि साप्ताहिकमा रहेर लामो समय काम गर्नुभयो । कान्तिपुर दैनिकको प्रकाशन शुरु हुनुभन्दा एक महिना अघिदेखि नै उहाँ उक्त प्रकाशन गृहमा आवद्ध हुँदै लामो समय त्यसमा कार्यरत रहनुभयो । राजनीतिक विचार, टिप्पणी तथा विभिन्न लेखनीमा उहाँहरुको अझै, उत्तिकै सक्रियता रहेको छ ।

युवा पत्रकार छेटु शेर्पा संखुवासभा जिल्लामा रहेर पत्रकारिता गर्दै आउनुभएका शेर्पा प्रेस चौतारी नेपालको जिल्ला समिति अध्यक्ष हुनुहुन्छ । उहाँले विभिन्न आक्रमण र अनेकन चुनौति सामना गर्दै पत्रकारिता पेशालाई अंगाल्दै आउनुभएको छ । धरानबाट प्रकाशित हुने राष्ट्रिय दैनिक ब्लाष्ट टाइम्सबाट २०६३ देखि पत्रकारिता शुरु गर्नुभएका उहाँ हाल अन्नपूर्ण पोष्ट दैनिकका संखुवासभा संवाददाता हुनुहुन्छ ।

त्यसैगरी पत्रकार महिला ईश्वरी जिएम करिव एक दशक लामो पत्रकारिता जीवनका क्रममा उहाँले भौगोलिक विकटताका बाबजुद पनि आफूलाई सधैँ क्रियाशील राख्दै आउनुभएको छ । उहाँ आफैँले जिल्लामा साप्ताहिक पत्रिकाको प्रकाशन र व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । उहाँ हाम्रो संगठनको पूर्व जिल्ला अध्यक्ष हुनुहुन्छ ।

संगठनले उत्कृष्ट कार्यसम्पादन गरेका विभिन्न जिल्ला समितिमध्ये उत्कृष्ट पाँच जिल्लालाई पुरस्कृत गर्ने निर्र्णय भएको छ । सुदूरपश्चिमबाट दार्चुला, मध्यपश्चिमबाट दाङ, पश्चिमाञ्चलबाट कास्की, मध्यमाञ्चलबाट चितवन र पूर्वाञ्चलबाट मोरङ जिल्ला समितिलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो । पुरस्कार विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरी वितरण गरिने प्रेस चौतारी नेपालका महासचिव माधव नेपालले जानकारी दिनुभयो ।

 

About The Author

अन्य समाचारहरु: