Thu. Apr 18th, 2024

कक्षा ११ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु सम्मानीत

धादिङ
कक्षा ११ को बोर्ड परीक्षामा जिल्ला प्रथम, द्धितीय र तृतीया हुने विद्यार्थीहरु सम्मानीत भएका छन् ।

शैक्षिक सत्र २०७१ मा संचालन भएको परीक्षामा चिल्ड्रेन पार्क आवसीय उच्च माध्यमिक विद्यालयबाट नै जिल्ला प्रथम समिता सुवेदी, द्धितीय अशोक श्रेष्ठ र तृतीय सहनशीलता दुङगानालाई विद्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

s

कार्यक्रमका प्रमुख अतिथि उच्च माध्यमिक शिक्षा परीषद् काठमाडौँका प्रमुख जंगबहादुर अर्यालले सम्मान तथा पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरण गर्नुहुदैँ प्रमुख अर्यालले नमुना विद्यालय भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा अझ बढी नजिता ल्याउनका लागि शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा चिल्ड्रेनपार्क विद्यालयबाट प्लटुमा जिल्ला प्रथम हुनेहरुलाई पनि सम्मान गरिएको थियो । त्यस्तै सीपी कलेजबाट बीबीस तर्फ उत्कृष्ट नतिजा ल्याउने विद्याथीहरुलाई पनि सम्मान गरिएको थियो ।

samman

 

विद्यालयले सञ्चालन गरेको वार्षिक खेलकूद कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरिएको विद्यालयका प्रधानाध्यपक षस्टी कुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न नृत्य तथा गीतहरुहरुले सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा प्याब्सन धादिङका सचिव गोबिन्द बुढाथोकी, विद्यालयका श्रोत व्यक्ति इश्वर कुमार श्रेष्ठ, जिल्ला शिक्षा कार्यलय धादिङका विद्यालय निरीक्षक नवराज बराल लगायत विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: