Sat. Jul 27th, 2024

जंक फुडले दुब्लाए बाँदर

काठमाडौं

सहरका बाँदर जंक फुडले दुब्लाउन थालेका छन्। हट्टाकट्टा र हृष्टपुष्ट देखिने पशुपतिनाथ र स्वयम्भूका बाँदरको तौल मानिससँगको बढी सम्पर्क र कृत्रिम खानाकै कारण घटिरहेको अध्ययनले देखाएको छ। हलक्क देखिए पनि कतिपय बाँदर फोक्से मासुले अटसपटस भएका छन्।

चालीस वर्षदेखि बाँदरको निरन्तर अध्ययन गरिरहेका डा। मुकेशकुमार चालिसेका अनुसार राता बाँदरको तौल औसत १२ केजीभन्दा बढी हुनुपर्ने हो। तर सहरका बाँदर १० किलोभन्दा बढीका छैनन्। हेर्दा मोटो देखिएका बाँदरमा पनि फोक्से मासु छ, ती रोगी छन्, चालिसे भन्छन्।

चालिसे समूहको अनुसन्धानअनुसार काठमाडौं उपत्यकाका राता बाँदर १० वर्षभन्दा कममात्र बाँच्न थालेका छन्। बाँदरको आयु १५ वर्ष रहेको उनी बताउँछन्।

अध्ययनअनुसार मठमन्दिरवरिपिर घुम्ने बाँदर जंक फुडको सिकार भएका छन्। मानिससँगको संगतले बाँदर रोगी हुन थालेको वैज्ञानिक निष्कर्ष छ। बाँदरमै विद्यावारिधि गरेका प्राध्यापक चालिसे भन्छन्, कृत्रिम खानाले बाँदर रोगी भए, रोगैरोगले थला परेका छन्।

मानिसको संगतले बिस्कुट, चाउचाउ तथा अन्य कृत्रिम खानामा बढी रुचि देखाउँछन् बाँदर, जसले शारीरिक विकासमै असर गर्नुका साथै कमजोर बनाएको छ।
भर्खर जन्मिएका बच्चा पनि सन्तुलित खाना अभावमा कमजोर छन्, काठमाडौंका बाँदरबारे रुचि राख्ने अमेरिकाको वासिङ्टन विश्वविद्यालयका प्राध्यापक डा। रान्डल सी केस भन्छन्।

खानेकुराकै कारण बाँदर छिट्टै बढ्ने र गर्भाधान गर्ने गरेको अनुसन्धानले देखाएको छ। उपत्यकाका बाँदरमा यो समस्या झन् धेरै छ। किशोर अवस्थामै गर्भाधान गर्दा माउ र जन्मिएको बच्चासमेत शारीरिक रूपमा कमजोर भएका छन्।

पशुपतिनाथमा चार सय र स्वयम्भूनाथमा चार सय राता बाँदर छन्। नीलबाराहीमा सय, गोकर्णमा ७५, साँखु बज्रयोगिनीमा एक सय २५ र थापाथलीस्थिल ब्लुस्टार मल आसपास ४० बाँदर बस्छन्।

डा। चालिसेले पहिलोपटक ४० वर्षअघि गनेको बाँदरको संख्यामा अहिलेसम्म धेरै फरक छैन। सन्तान उत्पादन गर्ने बेलामा बाँदरको संख्या बढेको देखिए पनि केही महिनाभित्रै पुनस् पुरानै संख्यामा झर्ने कारण पनि अप्राकृतिक खाना भएको उनको अनुभव छ।

राता बाँदरको यतिबेला बच्चा जन्माउने मुख्य समय हो। अहिले संख्या बढेजस्तो देखिएपछि साउन-भदौमा संख्या घट्छ। कारण रोगका कारण बूढाबूढी बाँदर मर्नु।

वन्यजन्तु मर्ने र बच्चा पाउने सामान्य सिद्धान्तविपरीत काठमाडौंका बाँदर भने मर्ने र जम्मिने अनुपात उस्तै छ। यसैले बर्सेनि बच्चा पाउँदा पनि बाँदर बढेका छैनन्। जन्मिने धेरै मर्ने कम अनुपातमा हुनुपर्ने हो तर त्यस्तो छैनु, चालिस भन्छन्।

गाउँघरमा बस्ने बाँदरले भने दुईतीन वर्षमा मात्रै एकपटक बच्चा जन्माउँछन्। बर्सेनि बच्चा जन्माउनुमा पनि जंक फुड दोषी भएको वैज्ञानिकहरूको निष्कर्ष छ। हलक्कै बढ्ने तर शारीरिक रूपमा तयार नभई छिट्टै बच्चा जन्माइहाल्ने समस्या बाँदरमा छ।
अन्नपूर्ण अनलाइनबाट

About The Author

Loading...

अन्य समाचारहरु: