Sun. Jun 16th, 2024

अनेरास्ववियु धादिङको जिल्ला सम्मेलन फागुन २२ र २३ गते हुने

studinnt

धादिङ

अनेरास्ववियु धादिङको २३ औँ जिल्ला सम्मेलन आगामी फागुन २२ र २३ गते हुने भएको छ ।

अनेरास्ववियु जिल्ला कमिटिको निर्णय अनुसार धादिङको नलाङ गाँउ विकास समितिको वडा नं ५ मा रहेको सिद्धेश्वर उच्च माध्यमिक विद्यालयमा जिल्ला अधिवेशन गर्ने तय गरिएको हो ।

सम्मेलनको तयारी स्वरुप नेकपा एमाले समर्थित अनेरास्ववियुले जिल्लाका माध्यमिक विद्यालय तथा क्याम्पसहरुमा नयाँ कमिटि गठन तथा पूराना कमिटीहरुको पूर्नगठन कार्यलाई तीब्रता पारिएको छ । धादिङको तीन वटै क्षेत्रमा क्षेत्रीय कमिटि समेत बन्ने अनेरास्ववियु धादिङले जनाएको छ ।

नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञावलीले उद्घाटन गर्ने सम्मेलनका लागि अहिले प्रचारप्रसारको कार्यलाई तीब्र पारिएको अनेरास्ववियु धादिङका अध्यक्ष सन्तोषराना क्षेत्रीले जानकारी दिएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: