Thu. Jun 13th, 2024

कपास कारखानामा आगलागी

11724_787549974645240_2061309401233550258_n

भक्तपुर
भक्तपुरको बालकोटमा जीतबहादुर खड्काको कपास कारखानामा आगलागी भएको छ ।

अनन्तलिंगेश्वर नगरपालिका–१ बालकोटका खड्काको कपास र लुगा पेल्ने कारखानामा शनिबार राति ९ बजे लागेको आगो बिहान मात्रै नियन्त्रणमा आएको थियो ।

आगलागीबाट मेसिन सहित ३५ लाख बराबरको क्षति भएकोे कपास उद्योगका मालिकखड्काको भनाई छ ।  ८ घण्टापछि बिहान मात्रै आगो नियन्त्रणमा आएकाले कारखानाको पूरै कपडा, कपास जलेर नष्ट भएको छ ।

भक्तपुर नगरपालिका, ललितपुर उपमहानगरपालिका र काठमाडौँ महानगरपालिकाबाट तीनवटा दमकलले रातभर प्रयास गर्दापनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: