मुम्बई
अभिनयको अतिरिक्त गायनमा समेत सहभागी छिन् नायिका प्रियंका चोपडा । अब उनले गाएको गीतमा अर्की चर्चित नायिका अनुष्का शर्माले अभिनय गर्ने भएकी छिन् ।
विभिन्न भारतीय समाचार संस्थाले जनाएअनुसार हिन्दी फिल्म ‘दिल धड्कने दो’ मा प्रियंकाको गीतमा अनुष्काले अभिनय गर्ने भएकी हुन् ।
यो गीत प्रियंका र फरहान अख्तरको स्वरमा रेकर्ड भएको छ । यही गीतमा प्रियंकासँगै अनुष्काले पनि अभिनय गर्ने छिन् ।
यस फिल्ममा अनुश्का रणबीर सिंहको गर्लफ्रेण्डको भुमिकामा छिन् । अन्य कलाकारहरुमा फरहान अख्तर र अनिल कपुर पनि रहेका छन् ।
अनलाइन खबरबाट